Tuesday, September 8, 2026
spot_img

चुनावमा शिर्ष दलका नेता: कांग्रेस-एमालेका सबै पदाधिकारी हारे, नेकपामा प्रचण्ड मात्र जिते 

spot_img

अहिले निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । हालसम्मको नतिजा हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा देखिएको लहर स्पष्ट बहुमत मात्रै होइन, दुइतिहाईकै नजिक पुग्ने देखिएको छ । प्रत्यक्षतर्फका दुइ तिहाईभन्दा बढी सिट उसले जितिसकेको छ।

यो चुनावमा, नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाका शीर्ष नेताहरु नै पराजित भएका छन् । कांग्रेसका सभापति गगन कुमार थापा सर्लाही ४ मा रास्वपाका अमरेश कुमार सिंहसँग पराजित भए । मोरङ ६ मा डा. शेखर कोइराला रास्वपाकी रुबिना आचार्यसँग पराजित भए ।

महामन्त्री प्रदीप पौडेल काठमाडौँ–५ मा रास्वपाका उम्मेदवार सस्मित पोखरेलसँग पराजित भइसकेका छन् भने अर्का महामन्त्री गुरु घिमिरे पनि मोरङ ४ मा रास्वपाका सन्तोष राजवंशीसँग हारेका छन् ।

सह–महामन्त्रीहरु प्रकाश रसाइली स्नेही, उदय शम्शेर राणा र फरमुल्लाह मन्सुर पनि पराजित भएका छन् । बझाङमा उम्मेदवार बनेका रसाइली एमालेका ऐन महरसँग पराजित भएका हुन् भने ललितपुर १ मा उम्मेदवार रहेका उदय शम्शेर रास्वपाका बुद्धरत्न महर्जनसँग पराजित भए । अर्का सहमहामन्त्री मन्सुर पनि बारा–३ मा रास्वपाका अरविन्द साहसँग चुनाव हारे ।

सह–महामन्त्री योगेन्द्र चौधरी पनि दाङ १ मा रास्वपाका देवराज पाठकसँग पराजित हुँदा अर्का सह–महामन्त्री कर्णबहादुर बुढाले पनि डोल्पामा नेकपाका उम्मेदवार धनबहादुर बुढासँग चुनाव हारेका छन्।

एमालेमा पनि सबै पदाधिकारी चुनाव हारेका छन्। एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि झापा ५ मा रास्वपाका बालेन्द्र शाहसँग शर्मनाक पराजय ब्यहोरेका छन् । पूर्व वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल पनि काठमाडौँमा ५ बाट पराजित भइसकेका छन्।

उपाध्यक्ष विष्णु पौडेल पनि रुपन्देही २ मा रास्वपाका उम्मेदवार सुलभ खरेलसँग भारी मतान्तरले पराजित भए । अर्का उपाध्यक्ष गोकर्ण विष्ट पनि गुल्मी २ मा रास्वपाका गोविन्द पन्थीसँग चुनाव हारेका छन् ।

महासचिव शंकर पोखरेल पनि दाङ २ मा रास्वपाका सह–महामन्त्री विपीन कुमार आचार्यसँग भारी मतले पराजय भोग्न बाध्य भए । उपमहासचिव लेखराज भट्ट कैलाली ४ मा तेस्रो स्थानमा रहे । त्यहाँ रास्वपाका खेमराज कोइराला निर्वाचित भए । रघुवीर महासेठ पनि धनुषा ४ मा तेस्रो भए । त्यहाँ रास्वपाका राजकिशोर महतो भारी मतले निर्वाचित भए ।

सचिव महेश बस्नेत पनि भक्तपुर २ मा रास्वपाका राजिब खत्रीसँग पराजित भएका छन् । अर्का सचिव डा. राजन भट्टराई काठमाडौँ ४ मा रास्वपाकै पुकार बमसँग चुनाव हार्दा अर्का सचिव भानुभक्त ढकाल पनि तेह्रथुममा कांग्रेसका प्रतिस्पर्धी सन्तोष सुब्बासँग पराजित भए । एमालेका सचिव शेरधन राई चुनाव लडेको भोजपुरमा यो समाचार तयार पार्दासम्म उनी करिब २ हजार मतले पछाडी छन् ।

नेकपाका संयोजक प्रचण्ड रुकुमबाट निर्वाचित हुँदा उक्त पार्टीका सबै शीर्ष नेताहरु चुनाव हारेका छन् । सहसंयोजक माधब कुमार नेपाल रौतहट १ मा रास्वपाका राजेश कुमार चौधरीसँग भारी मतले चुनाव हारिसकेका छन् ।

वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ पनि सर्लाही–३ मा रास्वपा उम्मेदवार नरेन्द्र साहसँग भारी मतले पराजित भए । भीम रावल अछाम १ मा कांग्रेसका भरत कुमार स्वाँरसँग पराजित भए ।

हालसम्म मतपरिणाम सार्वजनिक भएका क्षेत्रमध्ये रास्वपा १११ क्षेत्रमा विजयी भइसकेको छ भने उसले अझै १५ स्थानमा फराकिलो अन्तरले अग्रता लिइरहेको छ । कांग्रेस १६ क्षेत्रमा विजयी बन्दा थप १ सिटमा अग्रता लिइरहेको छ । ७ सिट जितेको एमालेले थप सिटमा अग्रता बनाइरहेको छ । नेकपाले ६ स्थानमा विजय हासिल गर्दा थप एक स्थानमा अग्रता लिएको छ ।

श्रम संस्कृति पार्टीले १ सिटमा जित हासिल गर्दा थप २ सिटमा अग्रता बनाइरहेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

‘नेपाल टी कलेक्टिभ’को चिया अब भाटभटेनीमा

नेपाली चियालाई ब्राण्डिङ र विश्व बजारमा बजारीकरण गरिरहेको ‘नेपाल...

एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सद्वारा ५६ लाख सहयोग

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार,...

ग्यासमा खुलेआम ‘कालोबजारी’, एउटै सिलिण्डर साटेको ३ हजारसम्म

काभ्रेको बनेपामा एक उपभोक्ता ग्यास सकिएपछि भौतारिँदै हिडिरहेका थिए...

नाइमाद्वारा रसुवा बाढी प्रभावितका लागि ५० लाख सहयोग

रसुवा बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग...

सोलार र वायु उर्जामा ब्याट्री स्टोरेज प्रणाली अनिवार्य गर्दै भारत

भारतको केन्द्रीय विद्युत् प्राधिकरण (CEA) ले नयाँ ग्राउन्ड-माउन्टेड सोलार...