Friday, July 3, 2026
spot_img

प्याब्सन र डिजी होल्डिङबीच डिजिटल साक्षरतामा सहकार्य सम्बन्धि सम्झौता नवीकरण

spot_img

निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन प्याब्सन र डिजिटल प्रविधि क्षेत्रमा अग्रणी डिजी होल्डिङ ग्रुपबीच डिजिटल साक्षरता अभियानका लागि तीन वर्षे रणनीतिक साझेदारी सम्झौता नवीकरण गरिएको छ । यो सहकार्यले निजी तथा आवासीय विद्यालयहरुमा डिजिटल रुपान्तरणलाई संस्थागत र दिगो बनाउने महत्वपूर्ण कदमका रुपमा हेरिएको छ ।

सम्झौता अनुसार डिजी होल्डिङले आफ्नो शैक्षिक प्रविधिलाई प्याब्सन डिजिटल इकोसिस्टम (पीडीई)को विकास, स्तरोन्नतिमा सहयोग गर्नेछ । पीडीईले विद्यालय प्रशासन, शैक्षिक व्यवस्थापन तथा सञ्चार प्रणालीलाई एउटै डिजिटल संरचनामा एकीकृत गर्ने लक्ष्य लिएको छ ।

प्याब्सनसँग भएको सहमति अनुसार वेभ–आधारित प्रणाली, एन्ड्रोइड तथा आईओएस मोबाइल एप्लिकेशन, परीक्षा व्यवस्थापन प्रणाली, विद्यार्थी तथा विद्यालय दर्ता प्रणाली, शिक्षक–अभिभावक–विद्यालयबीचको सञ्चार संयन्त्र, इभेन्ट व्यवस्थापन प्रणाली तथा डिजिटल भुक्तानी एकीकरणजस्ता विषयहरु समावेश गरिएका छन् ।

यसले विद्यालयको दैनिक प्रशासनिक कार्यदेखि शैक्षिक मूल्याङ्कन र वित्तीय व्यवस्थापन सम्मलाई डिजिटल माध्यमबाट सरल, छरितो र पारदर्शी बनाउने अपेक्षा गरिएको छ ।

सम्झौता अनुसार प्याब्सनले आफ्ना केन्द्रीय, प्रादेशिक, जिल्ला तथा स्थानीय तहका समितिहरुमा पीडीई प्रणालीको कार्यान्वयनलाई प्राथमिकतामा राख्नेछ । साथै प्याब्सन अन्तर्गत आवद्ध सदस्य विद्यालयहरूमा उक्त प्रणालीको प्रयोगलाई प्रवद्र्धन गर्दै, डिजिटल व्यवस्थापनलाई क्रमशः अनिवार्य अभ्यासको रूपमा विकास गर्ने लक्ष्य लिइएको छ ।

शिक्षामा डिजिटल प्रविधिको बढ्दो आवश्यकता, प्रविधिमैत्री शिक्षा प्रणालीको महत्व र डिजिटल साक्षरताले भविष्यका पुस्तालाई कसरी सक्षम बनाउँछ भन्ने विषयमा जोड दिइएको डिजी ग्रुपका अध्यक्ष विज्ञान श्रेष्ठले जानकारी दिए । डिजिटल प्रणालीले विद्यालय प्रशासनलाई सहज बनाउनुका साथै शिक्षकलाई आधुनिक शिक्षण विधि अपनाउन र विद्यार्थीलाई प्रविधिसँग जिम्मेवार र सिर्जनात्मक रुपमा जोड्न सहयोग पु¥याउने अपेक्षा गरिएको उनको भनाइ छ ।

डिजिटल रुपान्तरण अब विकल्प नभई आवश्यकता बनिसकेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले विद्यालय तहदेखि नै सुरक्षित, जिम्मेवार र प्रभावकारी डिजिटल अभ्यासको विकास गर्नुपर्ने उनको धारणा छ ।

नवीकरण गरिएको सम्झौताअनुसार डिजी ग्रुपले आवश्यक प्राविधिक पूर्वाधार, सफ्टवेयर विकास तथा प्राविधिक सहयोग उपलब्ध गराउनेछ भने प्याब्सनले आधिकारिक समर्थन, संस्थागत सहकार्य र आफ्नो विस्तृत सञ्जालमार्फत बजार पहुँच प्रदान गर्नेछ ।

प्याब्सन र डिजी ग्रुपबीच भएको साझेदारीले नेपालभरका निजी तथा आवासीय विद्यालयहरुमा डिजिटल साक्षरता, शैक्षिक प्रशासनको आधुनिकीकरण, परीक्षा प्रणालीको विश्वसनीयता, प्रभावकारी सञ्चार तथा डिजिटल वित्तीय व्यवस्थापनलाई नयाँ उचाइमा पु¥याउने विश्वास लिइएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आगामी मौद्रिक नीतिबारे अर्थ समितिले विज्ञसहित छलफल गर्दै

प्रतिनिधिसभाको अर्थ समितिले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका सम्बन्धमा...

निजामती कर्मचारीलाई सिंहदरबारभित्रै स्वास्थ्य सेवा

सिंहदरबारभित्रै निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालनमा आएको छ...

वीरगञ्जमा बाल उद्यान तथा शिशु स्याहार केन्द्र हस्तान्तरण

महिलाको आर्थिक सशक्तीकरण, सुरक्षित बाल हेरचाह तथा समावेशी आर्थिक...

संवैधानिक नियुक्तिका लागि प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषदको बैठक

प्रधानमन्त्री बालेन शाहले संवैधानिक परिषदको बैठक बोलाएका छन् ।...

तोलामै ७२ सयले बढ्यो सुनको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ बढेको छ । बिहिबार प्रतितोला...

बालेन शाहको प्रस्तावः हरेक नेपालीलाई सैनिक तालिम

सरकारले चाहेको बेलामा जोसुकैलाई पनि सेवा दल (सैनिक तालिम)को...
spot_img