Friday, July 3, 2026
spot_img

फोर्थिङ “एक्सचेन्ज एण्ड अपग्रेड टु फ्राइडे ईभी” अफर सार्वजनिक, ७ लाखसम्म बचत

spot_img

नेपालका लागि फोर्थिङको आधिकारिक विक्रेता लक्ष्मी ई–मोबिलिटी प्रालि (लक्ष्मी ग्रुप अन्तर्गतको कम्पनी)ले आफ्नो प्रिमियम इलेक्ट्रिक एसयूभी फोर्थिङ फ्राइडेका लागि विशेष “एक्सचेन्ज एण्ड अपग्रेड टु फ्राइडे” अफर सार्वजनिक गरेको छ । सीमित अवधिका लागि ल्याइएको यो योजनाले ग्राहकहरूलाई दिगो र प्रिमियम इलेक्ट्रिक सवारीमा अपग्रेड हुने उत्कृष्ट अवसर प्रदान गर्ने कम्पनीको भनाइ छ ।

यस विशेष अफर अन्तर्गत फोर्थिङ फ्राइडे ईभीको खरिदमा ग्राहकहरूले ७ लाख रुपैयाँसम्मको बचत गर्न सक्नेछन् ।

यस अफरमा समावेश फाइदाहरूः

एक्सचेन्ज बोनसः पुरानो गाडीको उचित मूल्याङ्कन र आकर्षक एक्सचेन्ज सुविधा ।

नगद छुटः नयाँ गाडीको खरिदमा तुरुन्तै प्राप्त हुने आकर्षक नगद छुट ।

अटो प्लस इन्स्योरेन्सः सुरक्षित यात्राको लागि भरपर्दो बीमा सुविधा ।

सडक करः स्वामित्व प्रक्रियालाई सहज बनाउन सडक करको व्यवस्था ।

निःशुल्क स्पेयर टायर र एसी चार्जरः गाडीसँगै आवश्यक एक्सेसरीजहरू निःशुल्क उपलब्ध गराइने।

सप्राइज गिफ्ट्सः नयाँ गाडीको उत्साहलाई थप बढाउन उपहारहरू ।

लक्ष्मी ई–मोबिलिटी प्रालिका अनुसार यो ‘एक्सचेन्ज एण्ड अपग्रेड’ अफर नेपाली ग्राहकहरूलाई प्रिमियम इलेक्ट्रिक मोबिलिटीको अनुभव गराउने एउटा विशेष अवसर हो । ७ लाखसम्मको बचत र पूर्ण सपोर्ट प्याकेजमार्फत कम्पनीले नेपालमा वातावरणमैत्री र प्रिमियम सवारीको प्रयोगलाई थप सहज बनाउने लक्ष्य लिइएको जनाएको छ ।

फोर्थिङ चिनियाँ सरकारी स्वामित्वको प्रमुख अटोमोबाइल समूह डोङफेङ मोटर ग्रुप अन्तर्गत रहेको सहायक कम्पनी डोङफेङ लिउझोउ मोटर कम्पनी लिमिटेड द्वारा सञ्चालन गरिएको एक ख्यातिप्राप्त ब्रान्ड हो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘अनलाइन कर्जा आवेदन’ सेवाको सुरुवात

राष्ट्रिय वाणिज्य बैंकले अनलाइन कर्जा आवेदन' सेवाको सुरुवात गरेको...

स्वास्थ्य बीमा बोर्डद्वारा मंसिर सम्मको बक्यौता चुक्ता

स्वास्थ्य बीमा बोर्डले मंसिर सम्मको बक्यौता चूक्ता गरेको जनाएको...

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

ग्लोबल आइएमई बैंकको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन...

आगामी मौद्रिक नीतिबारे अर्थ समितिले विज्ञसहित छलफल गर्दै

प्रतिनिधिसभाको अर्थ समितिले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका सम्बन्धमा...

निजामती कर्मचारीलाई सिंहदरबारभित्रै स्वास्थ्य सेवा

सिंहदरबारभित्रै निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालनमा आएको छ...

वीरगञ्जमा बाल उद्यान तथा शिशु स्याहार केन्द्र हस्तान्तरण

महिलाको आर्थिक सशक्तीकरण, सुरक्षित बाल हेरचाह तथा समावेशी आर्थिक...
spot_img