Friday, July 3, 2026
spot_img

१३२ केभीको बुर्तिबाङ सवस्टेसन सञ्चालनमा

spot_img
एक सय ३२ केभी बुर्तिबाङ सवस्टेसन सञ्चालनमा आएको छ । यही फागुन २ गते निर्माण सम्पन्न भएपछि फागुन ३ र ४ गते परीक्षण गरिएको सवस्टेसन मङ्गलबारदेखि नियमित रूपमा सञ्चालन गरिएको हो।
एक वर्ष अघि सञ्चालनमा आउने भनिएको उक्त सवस्टेसनअन्तर्गत  बागलुङको बडिगाड गाउँपालिका क्षेत्रमा स्थानीयले टावर निर्माण र लाइन तान्न अवरोध गरेपछि ढिलाइ भएको हो । कपिलवस्तुको मोतिपुरबाट सन्धिखर्कसम्मको लाइन निर्माण विसं २०७८ चैत १२ गते सुरु भएकामा अघिल्लो वर्ष असार ७ गतेदेखि सञ्चालन गर्ने योजना थियो।
ठाउँठाउँमा काम गर्दा अवरोध आएपछि समयमा सञ्चालनमा ल्याउन नसकेको आयोजना प्रमुख मनोज चौधरीले बताए । करिब डेढ वर्ष बडिगाडका स्थानीयले टावर निर्माण रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेपछि आयोजनाको काम रोकिएको उनको भनाइ छ । गत वर्ष असार ९ गते सर्वोच्चले रिट खारेज गरिदिएपछि तीव्रगतिमा काम गरेर सम्पन्न गरेको उनले बताए।
पहाडी जिल्लालाई केन्द्रीय प्रसारण लाइनसँग जोड्नका लागि कपिलवस्तुको मोतिपुरबाट आयोजनाले अर्घाखाँचीको सन्धिखर्क, गुल्मीको तम्घास, पौँदीअमराई हुँदै बुर्तिबाङ जोड्ने १३२ केभीको सवस्टेसन विसं २०७८ देखि निर्माण सुरु भएको थियो । ढोरपाटन नगरपालिका–२ खल्टुबोटमा सवस्टेसन निर्माण गरेर सञ्चालन गरिएको आयोजना प्रमुख चौधरीले जानकारी दिए  ।
उनले भने “हामीले अघिल्लो वर्ष सञ्चालनमा ल्याउने गरी काम गरेका थियौँ तर, विभिन्न समस्याले गर्दा काम सम्पन्न हुन सकेको थिएन । फागुन २ गते काम सकिएलगत्तै परीक्षण गरेका थियौँ, अहिले नियमित रूपमा प्रसारणलाइन सञ्चालनमा आएको छ ।”
कपिलवस्तुबाट बुर्तिबाङसम्म ८६ किलोमिटर दूरी रहेको छ । यहाँ ‘डबल सर्किट’को तार विस्तार गरिएको प्रमुख चौधरीले बताए । उनका अनुसार रु चार अर्ब ७९ करोड लागतमा उक्त आयोजना सञ्चालनमा आएको हो ।
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

नेपाल एसबीआई बैंकलाई एसियन बैंकिङ एन्ड फाइनान्सका चार अन्तर्राष्ट्रिय अवार्ड

नेपाल एसबीआई बैंक लिमिटेड (NSBL) ले बैंकिङ क्षेत्रमा उत्कृष्ट...

राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘अनलाइन कर्जा आवेदन’ सेवाको सुरुवात

राष्ट्रिय वाणिज्य बैंकले अनलाइन कर्जा आवेदन' सेवाको सुरुवात गरेको...

स्वास्थ्य बीमा बोर्डद्वारा मंसिर सम्मको बक्यौता चुक्ता

स्वास्थ्य बीमा बोर्डले मंसिर सम्मको बक्यौता चूक्ता गरेको जनाएको...

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

ग्लोबल आइएमई बैंकको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन...

आगामी मौद्रिक नीतिबारे अर्थ समितिले विज्ञसहित छलफल गर्दै

प्रतिनिधिसभाको अर्थ समितिले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका सम्बन्धमा...

निजामती कर्मचारीलाई सिंहदरबारभित्रै स्वास्थ्य सेवा

सिंहदरबारभित्रै निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालनमा आएको छ...
spot_img