Thursday, June 25, 2026
spot_img

‘Revolving Fund’ सञ्चालनका लागि राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंकबीच समझदारी

spot_img
spot_img
Sustainable Economic Development in Rural and Semi-Urban Areas (SEDRA) परियोजना अन्तर्गत ग्रामिण क्षेत्र र अर्ध-सहरी क्षेत्रमा वित्तीय पहुँच विस्तार र साना तथा मझौला उद्धम प्रवर्द्धनमा German Development Bank (KfW) को वित्तीय सहयोगमा स्थापित ‘Revolving Fund’ सञ्चालनका निम्ति नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंकबीच २०८२ माघ २७ गते मंगलबार समझदारी भएको छ ।
समझदारी-पत्रमा नेपाल राष्ट्र बैंकको तर्फबाट का.मु. निर्देशक शिखा अधिकारी रेग्मी र राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले हस्ताक्षर गरेका चना । उक्त अवसरमा संघीय गणतन्त्र जर्मनीका  राजदूत, नेपाल राष्ट्र बैंकका गभर्नर लगायत परियोजना र बैंक सम्बद्ध कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
वि.सं. २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल ७ वटै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रलाई समेत समेट्ने गरी ३१३ वटा शाखा कार्यालय, ७१ वटा एक्सटेन्सन काउन्टर, ३२२ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग मार्फत ४७ लाख भन्दा बढी ग्राहकलाई बैंकिङ्ग सेवाहरु उपलब्ध गराईरहेको छ ।
……………………….
पवन रेग्मी
उपकार्यकारी अधिकृत तथा सूचना अधिकारी
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड हुने

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ असार...

अनुसन्धानको लागि मौखिक अनुरोध मै खाता रोक्का हुने, बैंकले २४/७ कर्मचारी राख्नु पर्ने

वित्तीय अपराध न्यूनीकरणको लागि नेपाल राष्ट्र बैंकले कडा कदम...

थोक र खुद्रा लघुवित्तको मर्जरमा नयाँ व्यवस्था

नेपाल राष्ट्र बैंकले लघुवित्तको मर्जरको नयाँ व्यवस्था गरेको छ...

ब्याज पुँजीकरणमा नयाँ व्यवस्था लागु, जेन्जी आन्दोलनबाट प्रभावित व्यवसायीलाई राहत

नेपाल राष्ट्र बैंकले ब्याज पुँजीकरणमा नयाँ व्यवस्था गरेको छ। ...

२० प्रतिशत कर्जा प्रवाह बढ्ने गरी मौद्रिक नीति ल्याउन चेम्बरको सुझाव

नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन...

उत्पादनमा जोडिएका सहकारीलाई प्रोत्साहन गर्न छुट्टै ऐन बनाइने

सरकारले उत्पादन, प्रशोधन र बजारीकरणमा सहकारीको भूमिका वृृद्धि गर्नका...
spot_img