Saturday, July 4, 2026
spot_img

पन्चकन्याका दुई उद्योगको विद्युत बक्यौता विवाद: प्राविधिक निरीक्षण गराउन आयोगको आदेश

spot_img

पन्चकन्या ग्रुप अन्तर्गतका दुइ उद्योगको विद्युत बक्यौता विवादमा विद्युत नियमन आयोगले प्राविधिक पक्षको स्थलगत निरीक्षण गराउने आदेश दिएको छ । प्राधिकरणले आज माघ २ गतेको लागि गठन गरेको इजलाशले प्राविधिक पक्षको स्थलगत निरीक्षणको आदेश दिएको हो ।

नेपाल विद्युत प्राधिकरणसंग विद्युत बक्यौता विवाद बढेपछि पञ्चकन्या प्लाष्टिक उद्योग र पञ्चकन्या स्टील इण्डष्ट्रिजले आफुहरुले  डेडिकेटेड तथा ट्रंकलाइनको विजुली नै प्रयोग नगरेको भन्दै नियमन आयोगमा उजुरी दिएका थिए ।  जसमा नियमन आयोगले कार्तिक ३० गते पहिलो सुनुवाई गरेको थियो । पहिलो सुनुवाईमा आयोगको इजलाशले निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन अस्विकार गरेको थियो । त्यसपछि मङ्सिर १२ गते अर्को सुनुवाई भएको थियो।

दुवै पक्षले लिखित जवाफ पठाएपछि आयोगले उजुरीकर्ता दुई कम्पनीमा र कम्पनीले विपक्षी बनाएका विद्युत प्राधिकरणमा पनि स्थलगत निरीक्षण गर्ने आदेश दिएको हो।  यस संगै विज्ञसहितको टिम लिएर आयोगका कर्मचारीहरु छिट्टै पन्चकन्या ग्रुपको भैरहवास्थित पञ्चकन्या प्लाष्टिक उद्योग र पञ्चकन्या स्टील इण्डष्ट्रिजको साथै विद्युत प्राधिकरणको स्थलगत निरीक्षणमा जाने भएका छन्। जहाँ प्राविधिक पक्षको साथै कम्पनी र प्राधिकरणले पनि इजलाशमा पेश गरेका विभिन्न विवरणको निरीक्षण हुने छ। निरीक्षणमा जाने टोलीलाई टोलीले चाहेको जुनसुकै विषय निरीक्षण गर्न दिन, टोलीले माग गरेका कागजात र विवरण उपलब्ध गराउन पनि आयोगले दुवै पक्षलाई आदेश दिएको छ । साथै टोलीले कुनै छलफल गर्न चाहेमा त्यसमा पनि सहयोग गर्न इजलाशले आदेश दिएको छ ।

भैरहवास्थित पञ्चकन्या प्लाष्टिक उद्योग र पञ्चकन्या स्टील इण्डष्ट्रिजले विवादित विद्युत बक्यौताको पहिलो किस्ता विद्युत प्राधिकरणमा बुझाएर न्यायिक निरुपणको लागि विद्युत नियमन आयोगमा उजुरी दर्ता गराएको थियो । जसमा दुवै उद्योगले नेपाल विद्युत प्राधिकरणबाट डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत सप्लाई लिएको उपोभोक्तालाई वक्यौता विद्युत महशुल बुझाउने अन्यायपूर्ण निर्णय खारेज गरी क्षतिपूर्तिको माग गरेका थिए।

पञ्चकन्या प्लाष्टिक उद्योगले पहिलो किस्ताबापत ७७ हजार ९७५ रुपैयाँ र पञ्चकन्या स्टील इण्डष्ट्रिजको पहिलो किस्ताबापत १ लाख ८६ हजार ४०५ रुपैयाँ बुझाएपछि प्राधिकरणले उद्योगमा लाइन जोडिदिएको थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

लक्ष्मी सनराइज बैंकले पायो ऋणपत्र निष्काशनको अनुमति

लक्ष्मी सनराइज बैंकले ऋणपत्र निष्काशनको अनुमति पाएको छ। नेपाल...

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजा सम्पन्न, केबलकार दुई महिनाभित्रै सञ्चालनमा आउने

कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष क्षमा...

नेपाल एसबीआई बैंकलाई एसियन बैंकिङ एन्ड फाइनान्सका चार अन्तर्राष्ट्रिय अवार्ड

नेपाल एसबीआई बैंक लिमिटेड (NSBL) ले बैंकिङ क्षेत्रमा उत्कृष्ट...

राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘अनलाइन कर्जा आवेदन’ सेवाको सुरुवात

राष्ट्रिय वाणिज्य बैंकले अनलाइन कर्जा आवेदन' सेवाको सुरुवात गरेको...

स्वास्थ्य बीमा बोर्डद्वारा मंसिर सम्मको बक्यौता चुक्ता

स्वास्थ्य बीमा बोर्डले मंसिर सम्मको बक्यौता चूक्ता गरेको जनाएको...

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

ग्लोबल आइएमई बैंकको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन...
spot_img