Sunday, July 5, 2026
spot_img

अपि पावरको लाभांश घोषणा, हकप्रद पनि निष्काशन गर्ने

spot_img

अपि पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

त्यस्तै कम्पनीले ५ प्रतिशत बोनसपछि कायम हुने चुक्ता पुँजीको १:०.३० को अनुपातमा ३० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि गरेको छ। प्रस्तावित हकप्रद शेयर निष्काशनबाट प्राप्त हुने रकम दिब्यज्योति हाइड्रोपावर लिमिटेडद्वारा निर्माणाधीन ५० मे.वा क्षमताको मस्याङ्दी बेसी जलविद्युत आयोजना निर्माणमा स्वपूँजी लगानी गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले पुस २९ गते काठमाडौँको बबरमहल स्थित कार्की ब्यान्क्वेटमा साधारणसभा गर्ने भएको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु

  सामान्य प्रस्ताव
१) संचालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रतिवेदन प्रस्तुत, छलफल तथा स्वीकृत गर्ने सम्बन्धमा ।

२) लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक बर्ष २०८१÷०८२ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तिय विवरणहरु छलफल तथा स्वीकृत गर्ने सम्बन्धमा ।

३) कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आ.व २०८२÷०८३ का लागि लेखापरिक्षकको नियूक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।

४) शेयर दाखिला खारेज बन्द भएको मितिको अघिल्लो दिनसम्म कायम शेयरधनीहरुलाई आ.व. २०८१÷०८२ सम्मको संचित मुनाफाबाट ०.२६३२ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने सम्बन्धमा ।

 विशेष प्रस्ताव
१) कम्पनीको आर्थिक बर्ष २०८१÷०८२ सम्मको संचित मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनश शेयर वितरण गर्ने सम्बन्धमा ।

२) आर्थिक बर्ष २०८१÷०८२ सम्मको संचित मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनश शेयर वितरण पश्चात कायम हुने चुक्ता पूँजी रु.६३७.९७ करोडको १ शेयर बराबर ०.३० का दरले हुने रु. १९१.३९ करोड बराबरको हकप्रद शेयर निष्काशन गर्ने सम्बन्धमा । प्रस्तावित हकप्रद शेयर निष्काशनबाट प्राप्त हुने रकम दिब्यज्योति हाइड्रोपावर लिमिटेडद्वारा निर्माणाधीन ५० मे.वा क्षमताको मस्याङ्दी बेसी जलविद्युत आयोजना निर्माणमा स्वपूँजी लगानी गर्ने ।

३) कम्पनीले बोनश शेयर तथा हकप्रद शेयर जारी गर्दा पूँजी संरचनामा बृद्धि हुने भएको हुँदा सो प्रयोजनका लागि प्रबन्धपत्रको दफा ६ संशोधन गर्ने सम्बन्धमा ।

४) बोनश शेयर तथा हकप्रद शेयर जारी गर्ने कार्य गर्दा विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, कम्पनी रजिष्ट्रारको कार्यालय लगायत नियमनकारी अन्य निकायमा आवश्यक कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।

५) अपि होल्डिङ्गस कम्पनी लिमिटेडमा हालसम्म भएको स्वपूँजी लगानी अनुमोदन तथा थप स्वपूँजी लगानी गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।

६) कम्पनीको गाडी, स्क्राप लगायत अन्य शेयर सम्पत्तिहरु बिक्री गर्नुपरेमा कम्पनीको सञ्चालक समितिलाई अख्तियारी प्रधान गर्ने सम्बन्धमा ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

अर्थमन्त्रीको सय दिने उपलब्धिः सेबोन अध्यक्ष नियुक्तिदेखि पेट्रोलको भन्सार छुटसम्म

अर्थमन्त्री डा‍. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालय...

मौद्रिक नीतिबारे अर्थ समितिमा छलफल, को को छन् सहभागी ?

आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिमा समेटिनुपर्ने विषयका...

सुनचाँदीको भाउमा झिनो गिरावट

आज आइतबार सुनको भाउमा झिनो गिरावट आएको छ ।...

एनवाईईएफ काठमाडौंको अध्यक्षमा अनुभव श्रेष्ठ निर्वाचित, युवा उद्यमशीलता र नवप्रवर्तन प्राथमिकतामा

नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरको आठौं वार्षिक...

इप्पानमा १६ वटा समिति र उपसमिति गठन, कुनको जिम्मेवारीलाई कसलाई ?

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले विभिन्न समिति तथा...

इप्पानद्वारा ५० बुँदे कार्ययोजना पारित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ‘इप्पान भिजन...
spot_img