Tuesday, October 7, 2025

बाढीले ५८० मेगावाट क्षमताका ३२ जलविद्युत आयोजना प्रभावित, १८० मेगावाट उत्पादन नै ठप्प

असोज १७, १८ र १९ गतेको अविरल वर्षा र बाढी पहिरोका कारण १० जिल्लामा रहेका ३२ जलविद्युत आयोजना प्रभावित भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अनुसार हालसम्म संकलित विवरण अनुसार १८० मेगावाट क्षमताका १७ सञ्चालनमा रहेका र ३३८ मेगावाट क्षमताका १५ निर्माणाधीन जलविद्युत आयोजनामा क्षति पुगेको हो ।

इप्पानका अध्यक्ष गणेश कार्कीका अनुसार इलाममा मात्रै १६ आयोजनामा क्षति पुगेको छ । इलाममा अवस्थित १५ सञ्चालनमा रहेका जलविद्युत आयोजना तथा एक निर्माणाधीन आयोजना क्षतिग्रस्त भएका छन् ।

सञ्चालनमा रहेका आयोजनामध्ये ४.५ मेगावाट क्षमताको माईखोला, ८ मेगावाट क्षमताको माईखोला क्यासकेड, २२ मेगावाट क्षमताको सानिमा माई, ९.६ मेगावाटको सुपरमाई ए, ७.६ मेगावाट क्षमताको जोगमाई खोला, ९.५ मेगावाट क्षमताको माईबेनी र ९.९ मेगावाट क्षमताको माथिल्लो माई लगायतका आयोजना छन्।

पाँचथरको १४९ मेगावाट क्षमताको हेवाखोला र सोलु र रामेछापमा पर्ने ५२.४ मेगावाटको लिखु–४ जलविद्युत आयोजना पनि प्रभावित भएका छन् । लिखु–४ बाट तत्कालका लागि उत्पादन भएपनि अहिले सूचारु भएको इप्पानले जनाएको छ ।

यस्तै, निर्माणाधीन आयोजनामध्ये मनाङको ४९.९५ मेगावाट क्षमताको दाना खोला जलविद्युत आयोजनाले बनाएको १२ किलोमिटर सडक पहिरोले बगाएको छ । लालुपाते हाइड्रोपावरका सञ्चालकसमेत रहेका इप्पानका वरिष्ठ उपाध्यक्ष मोहन डाँगीका अनुसार आयोजना निर्माणको सुरुवात हुँदै गर्दा सडक संरचना बगाएको छ ।

इलाममा रहेको १० मेगावाट क्षमताको सिद्धिखोला आयोजनामा विद्युत उत्पादनको अन्तिम तयारीमा रहेका बेला क्षति पुगेको छ । पाँचथरको २१.५ मेगावाट क्षमताको सभाखोला बी र ९.९ मेगावाट क्षमताको हेवाखोला आयोजनाको निर्माण उपकरण र अन्य सामग्री पनि बाढीले बगाएको छ ।

सिन्धुपाल्चोकका ब्रम्हायणी, माथिल्लो ब्रम्हायणी, बलेफी र तल्लो बलेफीका पहुँचमार्ग पनि बाढीले बगाएको छ ।

रसुवामा अवस्थित २० मेगावाट क्षमताको लाङटाङ खोला, भोजपुरमा रहेको १५.५ मेगावाट क्षमाताको इर्खुवा खोला बी, म्याग्दीको २२.५ मेगावाटको माथिल्लो ठूलो खोला, लमजुङको ६.८२ मेगावाट क्षमताको हिडी खोला, रामेछापको ४८.८ मेगावाट क्षमताको खिम्ति–२ र धादिङको ४.५ मेगावाट क्षमताको गसाली खोला जलविद्युत आयोजनाको पनि पहुँचमार्ग तथा संरचनामा बाढीले क्षति पुगेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

निर्वाचन कार्यतालिका सार्वजनिक, मंसिर १ गतेदेखि १० गतेसम्म दल दर्ता

निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा...

सरकार निजी क्षेत्रको मनोबल बढाउन क्रियाशील रहेको अर्थमन्त्रीको भनाइ, व्यवसायीले खोजे सुरक्षा

अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल बढाउन सरकार निरन्तर...

बीपी राजमार्गको डाइभर्सन निर्माण सुरु

बीपी राजमार्गको डाइभर्सन बनाउन सुरु भएको छ । असोज...

लाङटाङ ट्रेकिङ जाँदा फसेका १२ जनाको उद्दार

लाङटाङमा ट्रेकिङ जाँदा बाढी तथा पहिरोका कारण फसेका १२...

सुनको भाउले तोड्यो रेकर्ड, आज पनि किर्तीमानी उचाईमा

आज सोमबार पनि सुनको भाउ ऐतिहासिक उचाईमा पुगेको छ...

नेप्से कार्यालय खुलेपनि आज सेयर कारोबार नहुने

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कार्यालय आज सोमबारबाट खुल्ने...
spot_img
spot_img
spot_img
spot_img