Thursday, May 7, 2026
spot_img
spot_img

राजेन्द्र खेतान समूहलाई फोन पेको शेयर खरिद गर्न राष्ट्र बैंकले दियो स्वीकृति

spot_img
spot_img

व्यवसायीक घराना खेतान समूह आधिकारिक रुपमा फोन पेमा प्रवेश गरेको छ। खेतान समूहले फोन पेको २० प्रतिशत सेयर स्वामित्व लिएर फोन पेमा प्रवेश गरेको हो।

फोन पेको शेयर खरिद बिक्रीको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको हो। केहि दिन मै फोनपेले एक कार्यक्रम गरेर यसको औपचारिक घोषणा गरिने बताईएको छ।

फोन पे नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको रुपमा कार्य गर्न अनुमति प्राप्त संस्था हो, जुन माउ कम्पनी एफ वान सफ्ट अन्तर्गत संचालित छ।

शेयर खरिदबिक्रीको लागि खेतान समूह र फोन पे बीच प्रारम्भिक सम्झौता गरेर स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाईएको थियो। राष्ट्र बैंकले शेयर खरिद गर्न चाहेको समूहको  ‘फिट एन्ड पर्पर टेस्ट’ गरेर शेयर खरिद गर्न योग्य देखिएपछि स्वीकृति दिएको हो ।

खेतान समूहले फोन पेको २० प्रतिशत शेयर खरिद गरेको हो । जसमा खेतान समूहका अध्यक्ष राजेन्द्र खेतान एक्ल्यैले १४ प्रतिशत शेयर लिएका छन् । बाँकि शेयर खेतान समूह सम्बद्ध लगानीकर्ताले लिएका हुन् । खेतान समूह अन्तर्गत कै र्‍यापिड इन्भेस्टमेन्ट,  नेपाल इम्प्याक्ट फन्ड वान, नेपाल इन्फ्रास्ट्रक्चर फन्ड , ग्लोबल इक्विटी फन्ड , स्वेडा इक्विटी फण्ड,  लक्ष्मी माइक्रो इन्भेस्टमेन्टले शेयर लिने छन् ।

फोनपेको चुक्ता पुँजी ५० करोड ५० लाख रहेको छ। यो कारोबारसँगै फोनपेको मूल्यांकन ६ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ ।

फोनपेले नेपालमा मात्र नभई अन्तरदेशीय क्यूआर भुक्तानी सेवा प्रदान गरिरहेको छ । भारतको यूपीआई प्रयोग गरिरहेका भारतीयहरुले नेपालको फोन पेको क्यूआरमार्फत भुक्तानी गर्न सक्छन् । हाल फोनपेका अध्यक्ष सशिन जोशी छन् भने अन्य संचालकमा सिद्धान्त ठकुरी र सम्भव सिरोहिया छन् । फोनपेका सीइओ दिवस कुमार हुन्।

खेतान समूहका अध्यक्ष राजेन्द्र खेतान हुन् । समूहको वित्तीय क्षेत्र, बिमा कम्पनी, आइटी, भेञ्चर क्यापिटलमा लगानी रहेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

शुल्क नबुझाई वर्षौँदेखि प्रयोगमा रहेका सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा लिइएका...

महासंघले पाएन ‘महिला उपाध्यक्ष’

नेपाल उद्योग वाणिज्य महासंघले महिला उपाध्यक्ष नपाउने पक्का भएको...

११ जना सहसचिवको सरुवा, को कहाँ पुगे ?

सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ । सोमबार...

मुद्दा परेपछि आईफोन प्रयोगकर्तालाई २५० मिलियन डलर दिदै एप्पल, क-कसले पाउँछन् ?

प्रविधि कम्पनी एप्पलले आइफोन १५ प्रो, १५ प्रो म्याक्स...

एफएनसीसीआईमा सचिनको सानदार ‘इन्ट्री’, बुबाको पदचाप पछ्याउँदै उत्तराधिकारी बन्ने अवसर

पारिवारिक जिम्मेवारीमा होस् वा पारिवारिक विरासत बोकेको उद्यम व्यवसायमा...

सिटी होटेलले भन्यो ‘सेबोनको स्वीकृतिमै नियमानुसार हकप्रद शेयर बिक्री गरिएको हो’

सिटी होटल लिमिटेडले कानून विपरीत ‘लकइन’ मा रहेको संस्थापक...
spot_img