Thursday, June 25, 2026
spot_img

स्किल सेवाको आयोजनामा पोखरामा घरनिर्माण फेस्ट

spot_img
spot_img

घर निर्माण गर्दा भरपर्दो, सुरक्षित र दिगो कसरी बनाउने लगायतका आवश्यक सम्पूर्ण सेवाहरु एउटै छत मुनि समेटेर जानकारी दिने उदेश्यका साथ पोखरामा आयोजना गरिएको राष्ट्रिय घर निर्माण फेस्ट २०८२ सम्पन्न भएको छ ।
स्किल सेवाको आयोजनामा पोखरा महानगरपालिका १० स्थित अमरसिंह चौरमा संचालन गरिएको दुई दिने फेष्टको पोखराका मेयर धनराज आर्चायले उद्घाटन गरेका थिए ।

जे गर्छौं नेपालमा गर्छौं भन्ने उदेश्यका साथ स्थापना भएको स्किल सेवाले आयोजना गरेको फेष्टको आयोजकले पाँच हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएकोको ६ हजार भन्दा बढीले अवलोकन गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार फेष्टमा विशेषज्ञ प्राविधिकहरुद्धारा सात सय जनालाई घर निमार्णका सम्बन्धमा निशुल्क परामर्श समेत दिईएको थियो । फेष्टको घरधनी, निर्माण व्यवसायी, इन्जिनियर, वास्तुकलाविद्, नगरपालिकाका अधिकारी, उद्यमी, विद्यार्थी र इच्छुक सर्वसाधारणहरुले अवलोकन सगै आवश्यक जानकारी लिएका छन् ।

निमार्णका क्रममा दक्ष जनशक्ति र प्रविधिको प्रयोगले घर मजबुत र टिकाउ बन्ने कम्पनीले जनाएको छ । प्रत्येका मानिसका लागि घर जीवनको सबैभन्दा मूल्यवान सम्पत्ति रहेकाले यसलाई भरपर्दो, सुरक्षित र दिगो कसरि बनाउने भन्नेमा आवश्यक परामर्श दिईएको सञ्चालक मध्यको एक शताक्षी मिश्रले बताईन्। फेष्ट मार्फत घर निमार्ण गर्दा खर्च कम गर्ने उपाएहरुको बारेमा जानकारी सगै कस्तो खालको सिमेन्ट प्रयोग गर्ने, कस्तो इट्टा, डन्डि, ग्लास, टाएल्स् प्रयोग गर्ने भन्ने बारेमा समेत जानकारी समेत दिइएको थियो।

मजदुर व्यवस्थापन, डिजाइन, रेक्ट्याङ्गगुलर निमार्ण योजना, निमार्ण अवधि देखि फ्लोलिङ्ग र समापन सम्मको स्टेप–बाइ–स्टेप प्रकृयाका बारेमा समेत जानकारी दिईएको मिश्रले बताईन् ।

अर्का संचालक समन कुँवरले घर निर्माणमा सहजीकरणको एकीकृत प्लेटफर्म उपलब्ध गराउनु साथै घर निर्माण सम्बन्धी मापदण्ड तथा अत्याधुनिक प्रविधिको बारेमा सर्वसाधारण एंव सरोकारवालाहरुलाई जानकारी दिने मुख्य उदेश्य सहित फेष्ट आयोजना गरिएको बताए ।

फेष्ट मार्फत आधुनिक विचार, प्राविधिक दक्षता र लगानीको उचित व्यवस्थापन मार्फत घर निर्माणका नवीनतम अवधारणालाई व्यवहारमा उतार्न सहयोग पुर्याएको, आधुनिक र पारम्परिक डिजाइन, खुला स्थानको सदुपयोग, ऊर्जा बचत तथा हावापासको उचित व्यवस्थापनका साथै गुणस्तरीय विचारहरुको प्रस्तुति सगै लगानी जुटाउने र साझेदारीका अवसरहरु समेत फेष्टमार्फ उजागर गरिएको उनको भनाई छ । फेष्ट मार्फत समग्र आवास निर्माण क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा आयोजकको रहेको कुँवरले जानकारी दिए ।

स्किल सेवाका सीइओ रमेश तिमिल्सिनाका अनुसार फेष्टमा विभिन्न निर्माण सम्बन्धी कम्पनिहरु, बैकं लगायतका गरि ३२ वटा स्टल रहेका थिए । फेष्टमा इन्टेरियरका सामानहरु सुपथ मूल्यमा उपलब्ध गराईएको, घर निमार्ण गर्दा आवश्यक कुरा मात्र राख्दा खर्च कम हुने लगायतका जानकारी समेत दिईएको उनले बताए । फेष्ट मार्फल घर निमार्ण गर्दा भरपर्दो, सुरक्षित र दिगो कसरी बनाउने भन्ने कुराको जानकारी सर्वसाधारण सगै सरोकारवालाहरुलाई दिईएको तिमिल्सिनाले बताए ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड हुने

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ असार...

अनुसन्धानको लागि मौखिक अनुरोध मै खाता रोक्का हुने, बैंकले २४/७ कर्मचारी राख्नु पर्ने

वित्तीय अपराध न्यूनीकरणको लागि नेपाल राष्ट्र बैंकले कडा कदम...

थोक र खुद्रा लघुवित्तको मर्जरमा नयाँ व्यवस्था

नेपाल राष्ट्र बैंकले लघुवित्तको मर्जरको नयाँ व्यवस्था गरेको छ...

ब्याज पुँजीकरणमा नयाँ व्यवस्था लागु, जेन्जी आन्दोलनबाट प्रभावित व्यवसायीलाई राहत

नेपाल राष्ट्र बैंकले ब्याज पुँजीकरणमा नयाँ व्यवस्था गरेको छ। ...

२० प्रतिशत कर्जा प्रवाह बढ्ने गरी मौद्रिक नीति ल्याउन चेम्बरको सुझाव

नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन...

उत्पादनमा जोडिएका सहकारीलाई प्रोत्साहन गर्न छुट्टै ऐन बनाइने

सरकारले उत्पादन, प्रशोधन र बजारीकरणमा सहकारीको भूमिका वृृद्धि गर्नका...
spot_img