Thursday, June 25, 2026
spot_img

नेपाल वितरक संघको अध्यक्षमा प्रेमहरि मैनाली, यस्तो बन्यो नयाँ कार्यसमिति

spot_img
spot_img

नेपाल वितरक संघको अध्यक्षमा प्रेमहरि मैनाली निर्विरोध भएका छन् । संघको शनिबार सम्पन्न २४औं साधारणसभाले मैनालीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा नवराज दाहाल, उपाध्यक्षमा केशवप्रसाद मैनाली, महासचिवमा गणेशप्रसाद तिमिल्सिना, सचिवमा अशोक कुमार कँडेल, कोषाध्यक्षमा दिनेशमणि रिसाल र सहकोषाध्यक्षमा रमेश प्रजापती निर्वाचित भएका छन् ।

संघको कार्यसमिति सदस्यमा विनोद अधिकारी, भोजप्रसाद फुयाल (उमेश), दिपक घिमिरे, कपिल रेग्मी, निलकण्ठ ढकाल, रामप्रसाद ढकाल, फणिन्द्र खड्का (विकास), रुकेश महर्जन, किरण कार्की, भुवन श्रेष्ठ, प्रविण कुमार कर्माचार्य, सन्तोष पौडेल, सुवोध झा, गणेश कार्की र जयराम लवजू निर्वाचित भएका छन् । निबर्तमान अध्यक्ष रामहरि घिमिरे पदेन सदस्य रहनेछन् । प्रतिनिधि सभाका सदस्य तथा अर्थ समितिका सभापति सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा तथा निबर्तमान अध्यक्ष रामहरि घिमिरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

वितरण व्यवसायका समस्या समाधानमा पहल गर्ने अध्यक्ष मैनालीको प्रतिबद्धता
संघको २४औं साधारणसभाबाट अध्यक्षमा निर्वाचित भएका प्रेमहरि मैनालीले सर्वसम्मत अध्यक्ष निर्वाचित गर्ने सम्पूर्ण सदस्यप्रति आभार व्यक्त गरेका छन् । ‘मलाई विश्वास गरी सर्वसम्मत अध्यक्ष चयन गर्नुहुने सबै साथीहरुप्रति म आभार व्यक्त गर्दछु,’ उनले भने । सम्पूर्ण कार्यसमितिलाई साथमा लिएर वितरण व्यवसायको हकहितका क्षेत्रमा क्रियाशील भएर काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् । ट्राफिक समस्या, क्रेडिट समस्या लगायत नीतिगत समस्या समाधानलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने उनको प्रतिबद्धता छ ।

आयात भएका र नेपालमा उत्पादन भएका उपभोग्य सामानहरु वितरकहरुमार्फत बजारमा जाने र आर्थिक क्षेत्र चलायमान बनाउनमा वितरकहरुको योगदान महत्वपूर्ण रहेको मैनालीले बताए । ‘वितरण व्यवसायबाट नेपालको आर्थिक क्षेत्र चलायनमान बनाउनमा सकारात्मक योगदान पुगेको छ,’ उनले भने, ‘यो व्यवसायलाई राज्यले पनि प्राथमिकतामा राख्न जरुरी छ ।’

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड हुने

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ असार...

अनुसन्धानको लागि मौखिक अनुरोध मै खाता रोक्का हुने, बैंकले २४/७ कर्मचारी राख्नु पर्ने

वित्तीय अपराध न्यूनीकरणको लागि नेपाल राष्ट्र बैंकले कडा कदम...

थोक र खुद्रा लघुवित्तको मर्जरमा नयाँ व्यवस्था

नेपाल राष्ट्र बैंकले लघुवित्तको मर्जरको नयाँ व्यवस्था गरेको छ...

ब्याज पुँजीकरणमा नयाँ व्यवस्था लागु, जेन्जी आन्दोलनबाट प्रभावित व्यवसायीलाई राहत

नेपाल राष्ट्र बैंकले ब्याज पुँजीकरणमा नयाँ व्यवस्था गरेको छ। ...

२० प्रतिशत कर्जा प्रवाह बढ्ने गरी मौद्रिक नीति ल्याउन चेम्बरको सुझाव

नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन...

उत्पादनमा जोडिएका सहकारीलाई प्रोत्साहन गर्न छुट्टै ऐन बनाइने

सरकारले उत्पादन, प्रशोधन र बजारीकरणमा सहकारीको भूमिका वृृद्धि गर्नका...
spot_img