Wednesday, June 10, 2026
spot_img

तेह्रथुम पावरले लिलामीमा ल्याएको शेयर बाँडफाँड, कटअफ मूल्य कति ?

spot_img
spot_img

तेह्रथुम पावर कम्पनी लिमिटेडले लिलामीमा ल्याएको अवितरित हकप्रद शेयर बाँडफांड भएको छ । भदौ १० गते ति शेयर बाँडफांड गरिएको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले जनाएको छ।

कम्पनीले साउन २७ गतेदेखि भदौ ३ गतेसम्म हकप्रदमा अवितरित शेयर लिलाम बिक्री खुला गरेको थियो। कम्पनीले सर्वसाधारण समूहको कुल ४ लाख १८ हजार ७ सय ३८ कित्ता शेयर लिलाममा ल्याएको थियो।

नबिल इन्भेष्टमेन्टका यी भदौ ६ गते लिलामीमा परेको बोलपत्रहरु खोलिएको थियो । जसमा यी शेयरको कट अफ मूल्य ३२५ रुपैयाँ  कायम भएको छ। ३२५ रुपैयाँभन्दा बढी रकम कबुल गरेर आवेदन दिनेले शेयर पाएका छन् भने ३२५ रुपैयाँमा आवेदन दिनेले समानुपातिक रुपमा शेयर पाएका छन्।

बाँडफांडमा नपरेको रकम भदौ १२ गतेदेखि समबन्धित शेयरधनीको बैंक खातामा आईपीएस मार्फत् पठाइने कम्पनीले जनाएको छ।

कम्पनीले असार १६ गतेदेखि साउन ११ गतेसम्म   १:१ को अनुपातमा हाल कायम चुक्ता पुंजीको शतप्रतिशतले हुन आउने ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। यस हकप्रदमा रितपुर्वक आवेदन दिने लगानीकर्तालाई ३५ लाख ८१ हजार २ सय ६२ कित्ता शेयर बाँडफांड गरिएको थियो। हकप्रदमा बिक्री नभएको शेयर लिलाम गरि बाँडफांड भएको हो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

घोराही सिमेन्टको ४ करोड कित्ता बढी शेयरको लकईन अवधि असारमा सकिँदै

घोराही सिमेन्ट इन्डस्ट्रीज लिमिटेडको ४ करोड कित्ता बढी शेयरको...

एमसीसी अन्तर्गत दुई नयाँ सबस्टेशन र २९७ किलोमिटर प्रसारणलाइन निर्माण सुरु

मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समितिले आज मिलेनियम च्यालेञ्ज...

‘कमिशन’का कारण बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव

बजारमा खाना पकाउने ग्यास नपाउने समस्या पुनः देखिन थालेको...

सम्पत्ति विवरण बुझाउने समय एक महिना थपियो

सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने...

कालंगा हाइड्रोको आईपीओ बाँडफाँड

कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बाँडफाँड...

सुनको भाउमा भारी गिरावट

आज बुधबार सुनको भाउमा भारी गिरावट आएको छ ।...
spot_img