नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन भएको छ । शतप्रतिशत हकप्रदमा बैंकको मूल्य समायोजन भएको हो।
समायोजनपछि बैंकको शेयर मूल्य प्रति कित्ता ७१८.३३ रुपैयाँ कायम भएको छ। समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता १३३६.६५ रुपैयाँ थियो।
कम्पनीले हकप्रद निष्काशनको लागि भदौ ९ गते बुक क्लोज मिति तय गरेको छ। यस संगै भदौ ८ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन्। सोहि अनुसार भदौ ८ मा कम्पनीको शेयर मूल्य समायोजन भएको हो ।
नेपाल धितोपत्र बोर्डले साउन १५ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो। कम्पनीले १:१ को अनुपातमा हाल कायम चुक्ता पुंजीको १०० प्रतिशत हकप्रद निष्काशनको अनुमति पाएको हो। अब कम्पनीले २६ करोड २४ लाख ६७ हजार ७ सय रुपैयाँको २६ लाख २४ हजार ६ सय ७७ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ।
शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ












