Thursday, May 7, 2026
spot_img
spot_img

गोल्यान ग्रुपः ६५ वर्षदेखि नेपाली माटोमा सुन फलाउने संकल्प (ब्राण्ड भिडियोसहित)

spot_img
spot_img

देश दौडाहामा कतै कलकल बगिरहेको पानी देख्दा त्यहीँ सम्भावना पर्गेल्ने । कतै टन्टलापूर घाम लागिरहेको देख्दा त्यहाँ पनि सम्भावना देख्ने । किसानका उब्जनीहरुको लागि बजार देख्ने, महिला र बेरोजगारीमा रन्थनिएका युवाहरुको आँखामा सपनाको विजारोपण गर्ने । ‘अतिथि देवो भवः’को नेपाली संस्कृतिलाई आत्मसात् गर्ने ।

हो, विगत ६५ वर्षदेखि मुलुकभित्र यी तमाम सम्भावना देख्ने पर्याय बनेको छ गोल्यान ग्रुप । जसले एउटा क्षेत्रमा मात्रै होइन, कयौँ क्षेत्रमार्फत मुलुकको समृद्धि यात्रामा खुड्किला थपिरहेको छ । सन् १९६० देखि अहिलेसम्म अनवरत रुपमा मुलुकको प्रमुख घरानाका रुपमा स्थापित गोल्यान ग्रुपले देशभर २५ भन्दा बढी व्यवसायहरू सञ्चालन गर्दै आएको छ । कृषि, नवीकरणीय ऊर्जा, रियल स्टेट र आतिथ्य सत्कारका क्षेत्रमा बलियो उपस्थिति रहेको गोल्यान समूहले वार्षिक ४०० मिलियन अमेरिकी डलर भन्दा बढीको आम्दानी गर्दै आएको छ ।

गोल्यान ग्रुपले सौर्य ऊर्जामार्फत मुलुकलाई समृद्धिको पथमा सयर गराउने संकल्प गरेर प्योर इनर्जी नामक कम्पनीमार्फत सौर्य आयोजनाबाट बिजुली पनि बालिसकेको छ । यति मात्रै होइन, प्योर इनर्जीमा आम सर्वसाधारणले समेत लगानी गर्ने अवसर पाएका छन् । स–सानो लगानीलाई एकिकृत गर्दै आम सर्वसाधारणलाई जोडेर मुलुकको समृद्धिमा सबैलाई साझेदार बनाउने संकल्पका साथ काम गरिरहेको गोल्यान समूहले त्यसै अनुरुप कम्पनीलाई पब्लिक लिमिटेड कम्पनी बनाएर सर्वसाधारणलाई पनि जोडेको हो । ‘पावरिङ होम्स, पावरिङ फ्यूचर’ नारासहित अरु सौर्य परियोजनाहरु पनि निर्माणको चरणमा छन् ।

यसैगरी, गोल्यान समूहले मुलुकको समृद्धिका रुपमा हेरिएको जलविद्युत क्षेत्रमा पनि आफ्नो मजबुत उपस्थिति जनाउँदैछ । देशमा बढ्दो इन्धन परनिर्भरता हटाउँदै आफ्नै देशको जलस्रोतलाई उपयोग गरेर दीर्घकालिन रुपमा इन्धन समस्या समाधान गर्न सकिन्छ भनेर गोल्यान समूहले ‘फ्यूलिङ नेपाल्स, फ्यूचर सस्टेन्ब्ली’ भन्ने मन्त्रका साथ जलविद्युत क्षेत्रमा लगानी बढाइरहको छ । यसबाट इन्धनमा मुलुकले ब्यहोरिरहेको परनिर्भरता हटाउन महत्वपूर्ण इँटा थप्ने विश्वास गर्न सकिन्छ ।

‘अतिथि देवो भवः’ भन्ने नेपालको आफ्नै मौलिक आतिथ्य संस्कृति हो । यसैलाई विश्वब्यापी बनाउने अभियान पनि गोल्यान समूहले थालनी गरेको छ । जसका लागि समूहले हस्पिटालिटी क्षेत्रमा पनि लगानी र रोजगारी बढाइरहेको छ । काठमाडौँमा भव्य पाँचतारे ‘ह्याट सेन्ट्रिक होटल’ सञ्चालनमा ल्याएको समूहले भगवान गौतम बुद्धको जन्मभूमी लुम्बिनीमा पनि होटल बनाउँदैछ । देशका अन्य भू–भागमा पनि यसको विस्तारका लागि समूहले अध्ययन गरिरहेको छ ।

गोल्यान समूह भन्नासाथ छुटाउनै नहुने उद्योगको हो ‘रिलायन्स स्पिनिङ मिल्स’ । नेपालमा सबैभन्दा धेरै रोजगारी दिने यो उद्योग सबैभन्दा ठूलो निर्यातमूलक उद्योग पनि हो । यस उद्योगले २ पटक त सीआईपी अवार्डसमेत हात पारिसकेको छ । मुलुकमा आयात बढेर ब्यापार घाटा चुलिएका बेला नेपालमा उत्पादित धागो विदेशमा निर्यात गरेर विदेशी मुद्रा आर्जन गरिरहेको यस उद्योग केवल गोल्यान ग्रुपको एक ब्यापारिक प्रतिष्ठान मात्रै होइन, यो नेपाल देशकै लागि गौरव र प्रतिष्ठाको विषय पनि हो । जहाँ ४ हजार जनाले रोजगारी पाएका छन्, त्यसमा पनि अधिकांश महिलाहरु छन् ।

यसैगरी, नेपालका कुना कन्दरामा किसानले फलाएका उब्जनीले बजार नपाइरहेका बेला गोल्यान समूहले सुदूरका गाउँ गाउँबाट त्यस्ता उत्पादन संकलन गरेर बजार पुर्‍याउँछ । त्यो पनि नेपालमा मात्रै होइन, विश्व बजारमा समेत जान्छ । रामेछापमा फलेको किबी होस् वा जुम्लामा फलेको स्याउ, कोशीमा फलेको चिया होस् वा कर्णालीमा फलेको गेडागुडी । यी सबै स्थानीय र अर्गानिक उत्पादनलाई गोल्यान समूहले ‘माटो’ ब्राण्डमार्फत नेपालीका भान्छा भान्छामा पुर्‍याइरहेको छ । यति मात्रै होइन, विश्व बजारमा नेपाली रैथाने स्वाद पनि पस्किरहेको छ ।

यसरी विभिन्न क्षेत्रमा गोल्यान समूहले लगानी विविधिकरण गरेर १० हजार जनशक्तिलाई स्वदेशमै रोजगारी प्रदान गरेको छ । यो कुनै चानचुने आँकडा होइन । यो त ६५ वर्षदेखि गोल्यान समूहले देखेको सपना, त्यसलाई साकार पार्दै जाँदा पवन कुमार गोल्यानले गरेको संघर्षसहित अहिले अक्षय गोल्यानको नेतृत्वसम्म आइपुग्दा ग्रुपले गरेको संकल्पबाट नै सम्भव भएको हो ।

गोल्यान समूहले आफ्नो स्थापनाको ६५ वर्ष पूरा गरेको अवसरमा माथि उल्लेखित सबै क्षेत्रलाई समेटेर ‘ब्राण्ड फिल्म’ सार्वजनिक गरेको छ । जहाँ सौर्य ऊर्जाबाट उज्यालो पाएको बच्चादेखि लिएर उचित बजारसम्म पहुँच पाएका किसान र आर्थिक रूपमा आत्मनिर्भर बनेका कारखानाका मजदुरसम्मको कथा समेटिएको छ ।

यस अवसरमा गोल्यान ग्रुपका प्रबन्ध निर्देशक अक्षय गोल्यान भन्छन्, ‘यो फिल्म हामीबारे होइन । यो ती मानिसहरूबारे हो, जसको जीवन र प्रयासले हाम्रो यात्रालाई आकार दिएको छ । जसरी हामीले उनीहरूको जीवनमा योगदान पु¥याएका छौं । यो साझा प्रगतिको कथा हो, जसको हामी गर्विलो हिस्सा हौँ ।’

नाफाभन्दा माथि उठेर मानिसहरूलाई सशक्त बनाउने, जीविकोपार्जनमा सुधार गर्ने र सबैका लागि दिगो भविष्य निर्माण गर्ने लक्ष्यका साथ उद्यमहरू खडा गर्दै आएको गोल्यान समूहलाई साँचो अर्थमा ‘विकास लागि गोल्यान ग्रुप’ भन्न सकिन्छ । अर्थात् GolyanForGrowth .

गोल्यान ग्रुप र यस समूहको नेतृत्वले धेरै सम्मान र पुरस्कारहरू हासिल गरिसहेका छन् । जसमा निर्यात र रोजगारीमा उत्कृष्ट योगदानका लागि नेपाल सरकारद्वारा २०२५ र २०२० मा ‘महत्वपूर्ण व्यवसासियक व्यक्ति (सीआईपी’ अवार्ड समेत समावेश छ । यो समूहले उत्कृष्ट निर्यातक र रोजगारदाता पुरस्कार (२०२५), सर्वोच्च निर्यातक पुरस्कार (२०२४) र औद्योगिक सम्बन्धमा उत्कृष्टता पुरस्कार (२०२२) लगायत अन्य धेरै सम्मानहरू प्राप्त गरेको छ । यी सबै सम्मानले मुलुकको आर्थिक विकासमा गोल्यान समूहले सक्रियतापूर्वक निर्वाह गरेको सकारात्मक भूमीकालाई सगौरव दर्शाउँदछन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मातृभूमि लघुवित्तको सीइओमा बखत बहादुर बटाला नियुक्त

मातृभूमि लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा बखत बहादुर बटाला नियुक्त...

बागमती प्रदेशमा आज सार्वजनिक विदा

बागमती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस विभिन्न...

प्रधानन्यायाधीश सिफारिस गर्न आज संवैधानिक परिषद्को बैठक बस्दै

आज बिहीबार संवैधानिक परिषद्को बैठक बस्दै छ।  सर्वोच्च अदालतको...

वैदेशिक रोजगारीमा रहेकाले सर्वोत्तम पेन्ट्सको आईपीओ भर्ने आज अन्तिम दिन

वैदेशिक रोजगारीमा रहेका नेपालीले सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडको आईपीओमा...

सानिमा इक्विटी फण्ड २ को इकाई आजदेखि बिक्रीमा

सानिमा क्यापिटल लिमिटेडले आज २०८३ वैशाख २४ गतेदेखि सामुहिक...

शुल्क नबुझाई वर्षौँदेखि प्रयोगमा रहेका सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा लिइएका...
spot_img