प्रभु इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको असार ८ गते बसेको सञ्चालक समितिको बैठकले आ.ब. २०८०/०८१ को नाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।
जस अनुसार कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको १८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.९४७४ प्रतिशत नगद लाभांश गरि कुल १८.९४७४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी बार्षिक साधारण सभाबाट पारित गरे पश्चात उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।













