Saturday, June 13, 2026
spot_img

६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न कृषि क्षेत्रको व्यवसायीकरण आवश्यक: अध्यक्ष सापकोटा

spot_img
spot_img

नेपाल उद्योग तथा व्यवसायी महासंघका अध्यक्ष भागिरथ सापकोटाले नेपालको अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको र संरचनागत सुधारको आवश्यकता औंल्याएका छन् । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको बजेट अ होलिस्टिक डिस्कोर्स कार्यक्रममा बोल्दै सापकोटाले आर्थिक सुधारका आवश्यक क्षेत्रलाई गहिरो रुपमा अध्ययन गरेर काम गरेमा नेपालको अर्थतन्त्र प्रभावकारी रुपमा अघि बढ्न सक्ने बताए ।

उनले नेपालको वर्तमान अर्थतन्त्रमा ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्नका लागि कृषि क्षेत्रको व्यवसायीकरण अत्यन्त आवश्यक रहेको बताए । कृषि प्राधिकरणलाई निजी क्षेत्रको ५० प्रतिशत स्वामित्वमा स्थापना गर्नुपर्ने कुरामा जोड दिँदै उनले भने, ‘अहिलेकै संरचनाले यसलाई व्यवसायीकरण गर्न सक्छ भन्ने कुरामा हामीले सोच्नुपर्छ ।’

यस्तै, पर्यटन र हवाई क्षेत्रको संरचनामा सुधारको आवश्यकता रहेको र प्राधिकरणलाई नाफामा केन्द्रित गरिराख्नाले जलविद्युत र उर्जा क्षेत्रमा समस्याहरू उत्पन्न भइरहेको पनि सापकोटाले बताए । उनले राष्ट्र बैंक जस्तो संस्थाको भूमिका अन्य प्राधिकरणहरूले पनि आत्मसात गर्नुपर्ने बताए ।

सूचना प्रविधि क्षेत्रमा पनि कर सुधारको आवश्यकता रहेको उनले बताएका छन् र साना, घरेलु र मझौला उद्योगलाई तीव्र गतिमा अघि बढाउनका लागि उपायहरू अपनाउनुपर्ने महत्त्वपूर्ण कुरा उठाए ।

सापकोटाले भने, ‘समग्र अर्थतन्त्रलाई नयाँ ढंगले अघि बढाउन सकेको अवस्थामा ६ प्रतिशतको आर्थिक वृद्धि सम्भव छ ।’ उनले हालको बजेटलाई सकारात्मक कदमको रूपमा हेरे पनि अझै केहि सुधारको आवश्यकता रहेको पनि बताए ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

इप्पानमा नयाँ नेतृत्व चयन, यस्तो बन्यो कार्यसमिति

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) मा नयाँ नेतृत्व...

आइएमई २६ औँ वर्षमाः रेमिट्यान्स सेवालाई सामाजिक–आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिवद्धता

नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बन्न पुगेको ‘आइएमई’ले स्थापनाको २६...

नेपाल–भारत एआई सहकार्य सम्बन्धि सेमिनारलाई सर्वम एआईका डा. प्रत्यूष कुमारद्वारा सम्बोधन

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले नेपालस्थित भारतीय राजदूतावाससँगको सहकार्यमा...

मुद्दा विचाराधिन रहेकै अवस्थामा भाडा नतिर्ने औद्योगिक क्षेत्र उद्योग महासंघको अडान

नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले सरकारले अदालतको आदेश विपरित...

ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई नियुक्त

ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई...

रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय, १८५९ रोपनी जग्गा खाली गरिने

विगत ३१ वर्षअघि सिफारिस भएर पनि हालसम्म कार्यान्वयनमा आउन...
spot_img