Saturday, June 13, 2026
spot_img

आगामी आर्थिक वर्षको बजेट अर्थतन्त्रको पुनःसंरचनाको औजार हो: उपाध्यक्ष डा.अधिकारी

spot_img
spot_img

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा शिवराज अधिकारीले आगामी आर्थिक वर्षको बजेट अर्थतन्त्रको पुनःसंरचनाको औजार भएको बताएका छन् । इकोनोमिक मिडिया सोसाइटी (इम्सन)ले आर्थिक वर्ष २०८२÷८३ को बजेटका सम्बन्धमा छलफलका लागि आज यहाँ आयोजना गरेका कार्यक्रममा उपाध्यक्ष अधिकारीले चालु आवको तुलनामा जाँदा कम्तीमा २० खर्बदेखि २४ खर्ब रुपैयाँसम्मको बजेट आउनु स्वभाविक भए पनि यथार्थपरक बजेट निर्माण गर्दा कम आकारको बजेट ल्याइएको दाबी गरे ।

“हामीसँग हजारौँ आयोजना थिए, मन्त्रालयगत हिसाबले पनि अध्ययन गरिएको थियो, लोकप्रिय बजेट बनाउँदा एउटा आयोजना पूरा हुनका लागि मात्रै ६० वर्षसम्म पनि लागेको देखिएको थियो, त्यसैले भइरहेका आयोजना सम्पन्न गर्नेतर्फ केन्द्रित हुँदा बजेट यथार्थपरक बनाउन सकिएको हो”, उनले भने । बजेट कार्यान्वयन सधै चुनौतीपूर्ण हुने उल्लेख गर्दै कार्यान्वयनमा सबै पक्षको साथ आवश्यक हुने बताए । उनले आफूहरु बजेट कार्यान्वयनका लागि इमान्दारिताका साथ लाग्ने समेत प्रतिबद्धता व्यक्त गरे ।

उनले बजेटमा ६ प्रतिशतको आर्थिक वृृद्धिको लक्ष्य राखिएको उल्लेख गर्दै बजेट कार्यान्वयन भए त्यो लक्ष्य पूरा हुने धारणा राखे । “हामीसँग आयोजना बैंक भए पनि लथालिंग अवस्थामा थियो, बैंकमा तीन करोड रुपैयाँभन्दा कमका आयोजना राख्नै नमिल्ने व्यवस्था पनि गर्यौँ”, उनले भने ।

उक्त निर्णयले बजेट निर्माणमा पनि ठूलो सहयोग पुगेको र आयोजना बैंकमा थ्रेस होल्ड राख्दा यसले अर्थतन्त्रलाई नै फाइदा पुगेको भनाइ छ । “आयोजनाका सम्बन्धमा कतिपय मन्त्रीहरुले पनि असन्तुष्टि जनाउनु भएको थियो, तर हामी आयोजना बैंकमा थ्रेस होल्ड राख्न सफल भयौँ”, उनले भने ।

उपाध्यक्ष डा अधिकारीले समपुरक बजेटका सम्बन्धमा पनि यसअघिको व्यवस्था हटाएर नयाँ व्यवस्था लागू गरिएको भनाइ राखे । “कुनै स्थानीय तहले पैसा नै जम्मा गर्न नसक्ने अवस्था हुने र कतिपय स्थानीय तहलाई बजेट नै नचाहिने अवस्था हुने अवस्थालाई अन्त्य गर्नका लागि २० वटा सूचकांकका आधारमा समपुरक अनुदान वितरणको नयाँ मापदण्ड बनाइएको हो”, उनले भने ।

उक्त व्यवस्थाका कारण स्थानीय तहबाट आयोजना माग गर्ने क्रम बढेको उनको भनाइ थियो । “हामीले तय गरेको नयाँ मापदण्डले संघीयता कार्यान्वयन सहज हुनुका साथै स्थानीय तहहरुले आयोजना माग गर्ने क्रम बढेको छ, चालु आर्थिक वर्षमा मधेस प्रदेशबाट शुन्य आयोजना माग भएकामा यसपटक सबैभन्दा धेरै आयोजना माग सोही प्रदेशबाट भएको अवस्था छ”, उनले भने ।

उपाध्यक्ष डा अधिकारीले आगामी आवको बजेट कृषि तथा युवामैत्री बनाउन सकिएको समेत उल्लेख गरे । “बजेटले कृषि क्षेत्र, युवा जनशक्ति र निजी क्षेत्रलाई प्राथमिकतामा राख्दै सम्बोधन गर्ने प्रयास गरेको छ”, उनले भने, “मुलुकको अर्थतन्त्र निर्माणमा निजी क्षेत्रका योगदानलाई सम्मान गरिएको छ ।”

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

एलन मस्क बने विश्वकै पहिलो ट्रिलिनियर, स्पेसएक्सको आईपीओपछि १० खर्ब डलर नाघ्यो सम्पत्ति

अमेरिकी धनाढ्य एलन मस्क विश्वकै पहिलो ट्रिलियनेयर (डलर खर्बपति)...

इप्पानमा नयाँ नेतृत्व चयन, यस्तो बन्यो कार्यसमिति

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) मा नयाँ नेतृत्व...

आइएमई २६ औँ वर्षमाः रेमिट्यान्स सेवालाई सामाजिक–आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिवद्धता

नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बन्न पुगेको ‘आइएमई’ले स्थापनाको २६...

नेपाल–भारत एआई सहकार्य सम्बन्धि सेमिनारलाई सर्वम एआईका डा. प्रत्यूष कुमारद्वारा सम्बोधन

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले नेपालस्थित भारतीय राजदूतावाससँगको सहकार्यमा...

मुद्दा विचाराधिन रहेकै अवस्थामा भाडा नतिर्ने औद्योगिक क्षेत्र उद्योग महासंघको अडान

नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले सरकारले अदालतको आदेश विपरित...

ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई नियुक्त

ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई...
spot_img