Wednesday, June 24, 2026
spot_img

‘डिजिटल एक्स्पो’ आयोजना गर्दै उद्योग वाणिज्य संघ काठमाडौँ

spot_img
spot_img

काठमाडौँ जिल्ला उद्योग वाणिज्य संघले डिजिटल एक्स्पो आयोजना गर्न लागेको छ । अनलाइन स्टलमै सबै खालका उद्यम व्यवसायलाई सहभागी गराएर डिजिटल एक्स्पो आयोजना गर्न लागिएको काठमाडौँ जिल्ला उद्योग वाणिज्य संघले जनाएको छ ।

संघका महासचिव दुर्गाराज श्रेष्ठका अनुसार अनलाइनबाटै उद्यम व्यवसायका लागि स्टल उपलब्ध गराइने छ । स्टलको शुल्क १० हजारदेखि ५ लाखसम्म तोकिएको छ । १ महिनासम्म चल्ने एक्स्पोमा सबै खालका उद्यम व्यवसायले सहभागीता जनाउन सक्ने उनको भनाइ छ ।

अनलाइन ब्यापारको अभ्यासमा अभ्यस्त गराउन र बजारीकरणमा मद्दत पुर्याउन अनलाइनमार्फत डिजिटल एक्स्पो आयोजना गर्न लागिएको महासचिव श्रेष्ठले जानकारी दिएका छन् ।

अध्यक्ष दिनेश श्रेष्ठले पनि अहिले क्रमशः उपभोक्ताहरु भौतिक रुपमा भन्दा अनलाइनबाटै वस्तु तथा सेवा खरिद गर्न अभ्यस्त हुँदै गएकाले व्यवसायीहरुलाई त्यसका लागि अभ्यस्त बनाउने उदेश्यले डिजिटल एक्स्पो आयोजना गर्न लागिएको जानकारी दिएका छन् । उनका अनुसार यसका लागि वेभसाइड तयार भइसकेको छ ।

जेष्ठ अन्तिम हप्ताबाट एक्स्पो सुरु हुने बताइएको छ । अहिले स्टल बुकिङ लगायतका काम भइरहेका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

उत्पादनमा जोडिएका सहकारीलाई प्रोत्साहन गर्न छुट्टै ऐन बनाइने

सरकारले उत्पादन, प्रशोधन र बजारीकरणमा सहकारीको भूमिका वृृद्धि गर्नका...

देशभरका ३८ हजार प्रतिष्ठान र व्यवसाय बन्द

राष्ट्रिय तथ्याङ्क कार्यालयले गरिरहेको आर्थिक गणनामा करिब ३८ हजार...

नेप्सेमा एशियन लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एशियन लाइफ इन्स्योरेन्सको बोनस शेयर...

मौद्रिक नीतिका लागि परिसंघले पेश गर्यो सुझाव

नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०८३÷८४ को मौद्रिक नीतिका...

नियमन आयोगको अध्यक्षको लागि कसले कताबाट गर्दैछन् जोडबल ?

विद्युत नियमन आयोगको अध्यक्ष नियुक्तिको लागि रोचक रस्साकस्सी चलेको...

नेपालमा पहिलो Bosch Brand Store सञ्चालनमा

विश्वप्रसिद्ध होम अप्लायन्स ब्रान्ड Bosch ले नेपालमा आफ्नो पहिलो...
spot_img