Wednesday, June 24, 2026
spot_img

रोयल ए–वान इन्भेष्टमेन्ट प्रा.लि.द्वारा २०८२ सालको भित्तेपात्रो लोकार्पण

spot_img
spot_img

रोयल ए–वान इन्भेष्टमेन्ट प्रा.लि.ले नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो लोकार्पण गरेको छ । एवान ग्रुपका अध्यक्ष हरि बहादुर श्रेष्ठ (नबिन)को अध्यक्षतामा र बागमती प्रदेशसभा सदस्य तथा बागमती प्रदेश मामिला समिति सभापति छिरिङ दोर्जे लामाको प्रमुख आतिथ्यतामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नयाँ वर्षको भित्तेपालो लोकार्पण गरिएको हो ।

शनिबार एवान क्याफे एण्ड पार्टी भेन्यू कपन सरस्वतीनगरमा नयाँ वर्षको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो लोकार्पण कार्यक्रम सम्पन्न भएको ग्रुपका सचिव राकेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार कार्यक्रमका अवसरमा रोयल एवान इभेष्टमेन्ट प्रा.लि.का सेयर सदस्यहरु र कर्मचारीबीच आर्थिक, सामाजिक, उत्पादन, उद्यमशीलता, नेपालको सेवा क्षेत्रको अवस्था लगायतका विषयमा छलफल समेत भएको छ ।

काठमाडौं उपत्यकामा एवान ग्रुपले २१ वटा शाखामार्फत होटेल, रेस्टुरेन्ट तथा पार्टीप्यालेस सञ्चालन गरिरहेको छ । कम्पनीले हालसम्म ५ सय जनालाई नियमित रोजगारी र १५० जनालाई उद्यमी बनाएको ग्रुपका सचिव राकेश श्रेष्ठले जानकारी दिएका छन् । यस ग्रुपमा चर्चित हास्यकलाकार केदार घिमिरे (माग्ने बुढा), जित बहादुर नेपाल (जितु) लगायतका व्यक्तिहरु पनि जोडिएका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड हुने

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ असार...

अनुसन्धानको लागि मौखिक अनुरोध मै खाता रोक्का हुने, बैंकले २४/७ कर्मचारी राख्नु पर्ने

वित्तीय अपराध न्यूनीकरणको लागि नेपाल राष्ट्र बैंकले कडा कदम...

थोक र खुद्रा लघुवित्तको मर्जरमा नयाँ व्यवस्था

नेपाल राष्ट्र बैंकले लघुवित्तको मर्जरको नयाँ व्यवस्था गरेको छ...

ब्याज पुँजीकरणमा नयाँ व्यवस्था लागु, जेन्जी आन्दोलनबाट प्रभावित व्यवसायीलाई राहत

नेपाल राष्ट्र बैंकले ब्याज पुँजीकरणमा नयाँ व्यवस्था गरेको छ। ...

२० प्रतिशत कर्जा प्रवाह बढ्ने गरी मौद्रिक नीति ल्याउन चेम्बरको सुझाव

नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन...

उत्पादनमा जोडिएका सहकारीलाई प्रोत्साहन गर्न छुट्टै ऐन बनाइने

सरकारले उत्पादन, प्रशोधन र बजारीकरणमा सहकारीको भूमिका वृृद्धि गर्नका...
spot_img