Thursday, May 7, 2026
spot_img
spot_img

नेपाल र थाइल्याण्डबीच संयुक्त वाणिज्य परिषद गठन हुने

spot_img
spot_img

नेपाल र थाइल्याण्डबीच संयुक्त वाणिज्य परिषद् (जेबीसी) गठन हुने भएको छ । बैंककमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष र थाई चेम्बर अफ कमर्श एण्ड बोर्ड अफ ट्रेडका अध्यक्षबीच भएको भेटवार्तामा उक्त परिषद गठनका बारेमा छलफल भएको हो ।

महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र बोर्ड अफ ट्रेडका अध्यक्ष सानन अंगुबोल्कुलसहित दुवै देशका पदाधिकारबीच भएको भेटवार्ताका अवसरमा महासंघले दुई संस्थाहरूबीच संयुक्त व्यापार परिषद् गठनको प्रस्ताव गरेको हो ।

यो परिषद्ले निरन्तर संवाद, सहकार्य र व्यवसायिक अवसरहरूको खोजीको लागि समर्पित प्लेटफर्मको रूपमा काम गने महासंघका अध्यक्ष ढकालले जानकारी दिए । “नेपाल लगानीकर्ता र व्यवसायहरूका लागि असंख्य अवसरहरू प्रदान गर्ने उपयुक्त सम्भावनाहरूको भूमिको रूपमा उभिएको छ । संयुक्त वाणिज्य परिषद गठनको पहलले हाम्रो साझेदारीलाई अझ सुदृढ बनाउनेछ र दुवै देशहरूमा आर्थिक वृद्धिलाई अगाडि बढाउनेछ” उनले भने ।

अध्यक्ष ढकालले नेपालमा लगानीमैत्री वातावरण निर्माणको लागि आवश्यक थुप्रै कानुनहरु संशोधन तथा परिमार्जन गरिएको र सरकारले लगानीको सुरक्षाको प्रत्याभूती गरेको अवस्थामा थाई लगानीको लागि आवश्यक थप सहजिकरणका लागि महासंघले पहल गर्ने प्रतिवद्धता समेत जनाए ।

उनले नेपालमा पर्यटन, ऊर्जा, कृषि, सूचना प्रविधि तथा निर्माणजन्य उद्योगमा सम्भावना रहेको जानकारी गराउनु हुँदै नेपालमा थाई व्यवसायीहरुसंग संयुक्त रुपमा लगानी गर्न सकिने समेत बताए । अध्यक्ष ढकालले थाइल्याण्डको वाणिज्य चेम्बर र व्यापार बोर्डका सदस्यहरू र बृहत् थाई व्यापार समुदायलाई नेपाल भ्रमण गर्न र नेपालले प्रस्तुत गर्ने सम्भावनाहरूको प्रत्यक्ष अवलोकन गर्न थाई व्यवसायीहरुलाई नेपालमा आमन्त्रण समेत गगरेका छन् ।

यस्तै, उनले थाई सरकारलाई नेपालीहरुका लागि अनअराइभल भिषा दिने प्रक्रियाका लागि पहल गरिदिन पनि थाई चेम्बर अफ कमर्श बोर्ड अफ ट्रेड अध्यक्षमार्फत आग्रह गरेका छन् ।

यस्तै महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले संयुक्त वाणिज्य परिषद्का माध्यमबाट दुवै देशको आर्थिक विकासमा योगदान गर्न सकिने धारणा राखेका छन् । उनले नेपालमा गरिने लगानीको सहजताका लागि महासंघले नेपाल सरकारसँग आवश्यक सहजिकरण गर्ने समेत बताए ।

यसैबीच संयुक्त वाणिज्य परिषद (जेबीसी) को गठन तथा थप आवश्यश्क प्रक्रिया अगाडी बढाउने सहमति भएको छ । सो कार्यका लागि महासंघका महानिर्देशक गोकर्णराज अवस्थी तथा जोइन्ट फरेन चेम्बर अफ कमर्श इन थाइल्याण्डका अध्यक्ष विवेक लिज्याण्ड लिइरभागलाई जिम्मेवारी प्रदान गरिएको छ ।

यस अघि २०२४ अप्रिल २४ तारिखमा नेपाल–कतार संयुक्त वाणिज्य परिषद् गठन गर्ने सहमति भएको थियो भने सोही सहमती अनुरुप प्रथम अध्यक्ष स्तरिय बैठक २०२४ को अक्टोबर २ तारिखमा कतारको राजधानीमा दोहामा सम्पन्न भएको थियो ।

सो अवसरमा महासंघको तर्फबाट उपाध्यक्षद्वय हेमराज ढकाल र ज्योत्सना श्रेष्ठ र कार्यसमिति सदस्य पशुपतीदेव पाण्डे तथा थाई चेम्बर अफ कमर्श एण्ड बोर्ड अफ ट्रेडका पदाधिकारीहरुको सहभागिता थियो ।

यस अघि प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पेतोङत्रान शिनावात्राको उपस्थितीमा बुधबार बैंककमा नेपाल उद्योग वाणिज्य महासंघ र थाइल्यान्डको थाई चेम्बर अफ कमर्श एण्ड बोर्ड अफ ट्रेडबीच आपसी सहकार्यको तथा व्यापार व्यवसाय अभिवृद्धिका विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोच्चको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस भएका छन्...

नेतृत्व हस्तान्तरण पश्चात चन्द्र ढकालको भावुक वक्तव्य

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले भावुक...

नेपालकै पहिलो टियर IV हाइपरस्केल डाटा सेन्टर निर्माणको घोषणा, यस्ता छन् विशेषता

नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पुर्याउने र देशको डाटा सुरक्षालाई...

धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिका संयोजक डा. भट्टले दिए राजीनामा

नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिका संयोजक डा. गुणाकर...

नेपाल आयो ‘एमजी एस–६’, औपचारिक लन्च कहिले ?

पारामाउण्ट मोटर्सले ‘एमजी एस-६’ नेपाल भित्र्याएको छ । पारामाउण्टले...

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ...
spot_img