Wednesday, June 24, 2026
spot_img

‘दुर्गा प्रसाईं गुण्डा नाइके हो’

spot_img
spot_img

बुधबार भाटभटेनी सुपरमार्केटको कोटेश्वरस्थित स्टोरमा कर्मचारीहरूलाई सम्मान गर्ने कार्यक्रम थियो । चैत १५ गते राजावादी समूहको तोडफोड र लुटपाटबाट स्टोर बचाउन भूमीका खेलेका कर्मचारी र सुरक्षा गार्डलाई सम्मान गर्न भाटभटेनीले कार्यक्रम आयोजना गरेको थियो ।

सुरुवातमा भाटभटेनीका प्रमुख कार्यकारी अधिकृत पानु पौडेलले विषयवस्तु राखे । उनले भूकम्प, नाकाबन्दी र कोराना कालमा भाटभटेनी ‘सप्लाइ चेन’मा निर्वाह गरेको फेहरिस्त सुनाए । अनि चैत १५ गतेको घटनाबाट सिर्जित त्रास र डरकै बीचमा पनि जिम्मेवारी निर्वाहमा भाटभटेनी परिवार दत्तचित्त भएर लागिरहेको बताए ।

त्यसपछि सुरक्षा गार्ड लगायतलाई सम्मान गरियो र, मन्तव्यका लागि भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङलाई मञ्चमा बोलाइयो । निकै सरल देखिने मीनबहादुर मन्तव्यका क्रममा कतै भावुक, कतै रमाइलो र कतै आक्रामक सुनिए ।

राजसंस्था वा राजतन्त्र फर्काउने आन्दोलनको जनकमान्डर बनाइएका दुर्गा प्रसाईं ‘गुण्डा नाइके’ भएको मीनबहादुरको आरोप छ । विगतमा मारवाडी समुदाय लक्षित घृणित टिपप्णी गर्दा र बैंकको ऋण तिर्नुपर्दैन भन्दै आम मान्छेलाई उकास्दा राज्यले कुनै कारबाही नगर्दा प्रसाईं थप उत्तेजित बनेको गुरुङको भनाइ छ । राज्यले पुलपुल्याउँदा प्रसाईंले अहिले वितण्डा मच्चाइरहेको उनको दाबी छ ।

‘त्यहीँ मान्छे मारवाडीले यस्तो गर्‍यो, त्यस्तो गर्‍यो भन्दै हिँड्छ । मारवाडी देशको नागरिक होइन ? मारवाडी भगाउन हुन्छ ? देश कंगाल बनाउने ?’ गुरुङले प्रश्न गर्दै भने, ‘दुर्गा प्रसाईं गुण्डा नाइके हो । यसो भन्दा मलाई कुनै डर र त्रासको चिन्ता छैन, कुनै हिनताबोध पनि छैन । यदि हामीले उसको बी एण्ड सी अस्पतालमा गएर तोडफोड गर्यौँ भने के हुन्छ ?’

गुरुङले दुर्गा प्रसाईं जस्ता अराजक र गुण नाइकेहरुले नेतृत्व गरेको आन्दोलन सफल नहुने पनि ठोकुवा गरे । ‘दुर्गा प्रसाईंको आन्दोलनले राजसंस्था फर्किँदैन, म ठोकुवा दिएर भन्छु । भाटभटेनीलाई लुटपाट गरेर राजसंस्था फर्किन्छ ? भाटभटेनीमा ढुंगा हानेर नेपालको संविधान संविधान मेटिन्छ ? हामी बुझ्दैनौँ ? यो सबै डकैत हो’ उनले भने, ‘कसैलाई राजतन्त्रको ह्याङ ओभर होला, नवराज सुवेदीलाई त झन हुने नै भयो । मेरा माइला बा पनि २००७ सालपछि पटक पटक राण शासन फर्किन्छ कि क्या हो भन्थे । तर, त्यो हुने कुरै थिएन । अहिले राजतन्त्रको कुरा पनि त्यस्तै हो ।’

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड हुने

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ असार...

अनुसन्धानको लागि मौखिक अनुरोध मै खाता रोक्का हुने, बैंकले २४/७ कर्मचारी राख्नु पर्ने

वित्तीय अपराध न्यूनीकरणको लागि नेपाल राष्ट्र बैंकले कडा कदम...

थोक र खुद्रा लघुवित्तको मर्जरमा नयाँ व्यवस्था

नेपाल राष्ट्र बैंकले लघुवित्तको मर्जरको नयाँ व्यवस्था गरेको छ...

ब्याज पुँजीकरणमा नयाँ व्यवस्था लागु, जेन्जी आन्दोलनबाट प्रभावित व्यवसायीलाई राहत

नेपाल राष्ट्र बैंकले ब्याज पुँजीकरणमा नयाँ व्यवस्था गरेको छ। ...

२० प्रतिशत कर्जा प्रवाह बढ्ने गरी मौद्रिक नीति ल्याउन चेम्बरको सुझाव

नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन...

उत्पादनमा जोडिएका सहकारीलाई प्रोत्साहन गर्न छुट्टै ऐन बनाइने

सरकारले उत्पादन, प्रशोधन र बजारीकरणमा सहकारीको भूमिका वृृद्धि गर्नका...
spot_img