Wednesday, June 24, 2026
spot_img

पूर्व राजावादीको क्रियाकलाप आपराधिक र निन्दनीयः महासंघ

spot_img
spot_img

नेपाल उद्योग तथा व्यवसायी महासंघले पूर्व राजावादीहरुको अराजक समूहले गरेको तोडफोड र आगजनी जस्ता क्रियाकलाप आपराधिक र निन्दनीय रहेको जनाएको छ । महासंघका अध्यक्ष भागिरथ सापकोटाले विज्ञप्ति जारी गर्दै चैत १५ गते तीनकुने र कोटेश्वर आसापसका क्षेत्रमा राजावादी समूहले अपराधिक गतिविधि गरेको भन्दै संलग्न सबैलाई तत्काल कानुनी दायरामा ल्याई कारबाही गर्न माग गरेका छन् ।

‘पूर्व राजावादीहरुको अराजक समूहको सर्वसाधारण नागरिकका घर तथा व्यवसायिक भवनमा तोडफोड गरी आगजनी गर्ने, सञ्चारगृह माथि तोडफोड तथा उद्योगी व्यवसायी र सर्वसाधारण नागरिकका सम्पति लुटपाट गर्ने जस्ता आपराधिक क्रियाकलापहरु निन्दनीय छन्’ महासंघले विज्ञप्तिमा भनेको छ, ‘नेपाल उद्योग तथा व्यवसायी महासंघ सधै उद्योगी व्यवसायीले स्वच्छ, पारदर्शी एवं भयरहित वातावरणमा व्यवसाय गर्ने वातावरण निर्माण गर्न सबै सरोकारवाला पक्षसँग हार्दिक अनुरोध गर्दछ ।’

यस्ता पश्चगामी गतिविधिहरु विरुद्ध सचेत हुँदै व्यवसायिक जगत र जनसमुदायको जनधनको सुरक्षाका लागि सम्पूर्ण सरोकारवाला पक्षलाई सचेत हुन पनि महासंघले अपिल गरेको छ । व्यवसायी र जनतालाई आर्थिक रुपमा कमजोर बनाई आक्रमक गराउने र राज्यलाई असफल तुल्याई मुलुकलाई उल्टो गतिमा हिडाउन खोज्ने पश्चगामी सोच स्वीकार्य नहुने पनि महासंघले जनाएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड हुने

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ असार...

अनुसन्धानको लागि मौखिक अनुरोध मै खाता रोक्का हुने, बैंकले २४/७ कर्मचारी राख्नु पर्ने

वित्तीय अपराध न्यूनीकरणको लागि नेपाल राष्ट्र बैंकले कडा कदम...

थोक र खुद्रा लघुवित्तको मर्जरमा नयाँ व्यवस्था

नेपाल राष्ट्र बैंकले लघुवित्तको मर्जरको नयाँ व्यवस्था गरेको छ...

ब्याज पुँजीकरणमा नयाँ व्यवस्था लागु, जेन्जी आन्दोलनबाट प्रभावित व्यवसायीलाई राहत

नेपाल राष्ट्र बैंकले ब्याज पुँजीकरणमा नयाँ व्यवस्था गरेको छ। ...

२० प्रतिशत कर्जा प्रवाह बढ्ने गरी मौद्रिक नीति ल्याउन चेम्बरको सुझाव

नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन...

उत्पादनमा जोडिएका सहकारीलाई प्रोत्साहन गर्न छुट्टै ऐन बनाइने

सरकारले उत्पादन, प्रशोधन र बजारीकरणमा सहकारीको भूमिका वृृद्धि गर्नका...
spot_img