Thursday, May 7, 2026
spot_img
spot_img

महासंघले भन्यो, ‘आक्रमण, आगजनी, लुटपाट निन्दनीय, क्षतिपूर्ति भराइयोस्’

spot_img
spot_img

राजावादी समूहले चैत १५ गते गरेको अराजक र हिंसात्मक प्रदर्शनका क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमाथि आक्रमण, लुटपाट र आगजनी भएको घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।

शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै महासंघले चैत १५ गते राजावादी समूहले गरेको आन्दोलन तथा प्रर्दशनबाट सर्वसाधारण एवं उद्यमी व्यवसायीको पेशा व्यवसाय गर्न पाउने नैसर्गिक अधिकार हनन् भएको बताउँदै आन्दोलनका क्रममा मानवीय क्षतिसँगै धनजनमा भएको आक्रमण निक्कै दुःखद रहेको जनाएको हो ।

‘सर्वसाधारणको निजी जायजेथा, मिडिया हाउस, व्यवसायिक प्रतिष्ठानहरूको सम्पत्ति, कार्यालय र अन्य व्यापारिक गतिविधिहरूमा आक्रमण, आगजनी, लुटपाट लगायतका हिंस्रक घटनाबाट ठूलो क्षति पुगेकोमा यसको भत्र्सना गर्दै क्षतिपूर्ति हुनुपर्ने महासंघको माग छ’ महासंघले भनेको छ ।

संविधान प्रदत्त अधिकार भित्र रहेर आफ्ना माग राख्न पाइए पनि हिंस्रक आन्दोलन एवं प्रदर्शनका साथै लुटपाट, आगजनी, धनजनको क्षति र व्यक्तिगत सम्पत्ति माथिको आक्रमण निन्दनीय रहेको भन्दै महासंघले कुनै पनि स्वरुपमा हुने यस प्रकारका घटना प्रति घोर निन्दा र भत्र्सना गरेको छ ।

महासंघले सार्वजनिक सुरक्षा सुनिश्चित गर्न र यस्ता घटनाहरूको पुनरावृत्ति रोक्न सम्बन्धित सबैमा आग्रह पनि गरेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोच्चको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस भएका छन्...

नेतृत्व हस्तान्तरण पश्चात चन्द्र ढकालको भावुक वक्तव्य

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले भावुक...

नेपालकै पहिलो टियर IV हाइपरस्केल डाटा सेन्टर निर्माणको घोषणा, यस्ता छन् विशेषता

नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पुर्याउने र देशको डाटा सुरक्षालाई...

धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिका संयोजक डा. भट्टले दिए राजीनामा

नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिका संयोजक डा. गुणाकर...

नेपाल आयो ‘एमजी एस–६’, औपचारिक लन्च कहिले ?

पारामाउण्ट मोटर्सले ‘एमजी एस-६’ नेपाल भित्र्याएको छ । पारामाउण्टले...

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ...
spot_img