उद्योग वाणिज्य संघ चितवनले नारायणगढमा नेपाल–अष्ट्रेलिया सम्बन्ध र लगानीबारे अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ । संघले आउँदो शनिबार अन्तरक्रिया आयोजना गर्न लागेको हो ।
कार्यक्रममा नेपाल–अष्ट्रेलिया द्विपक्षीय व्यापारिक सम्बन्ध र नेपालमा अष्ट्रेलियाबाट प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने विषयमा सम्भावनाका क्षेत्रहरुको पहिचान गर्ने उदेश्यले अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागिएको उद्योग वाणिज्य संघ चितवनले जनाएको छ ।
कार्यक्रमको मुख्य वक्ताका रुपमा युवा उद्यमी एवम् अष्ट्रेलिया–नेपाल चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रिजका अध्यक्ष डिला खरेल रहने छन् । उनी चितवनकै भरतपुर निवासी हुन् ।













