Friday, May 8, 2026
spot_img
spot_img

सिजनमै बन्द हुन्छन् सरकारी सिमेन्ट उद्योग, निजी उद्योगको प्रलोभनमा परेका हुन् ?

spot_img
spot_img

अहिले सिमेन्टको भाउ आकासियो भन्ने गुनासो आइरहेको छ । चालु आर्थिक वर्ष सुरु हुँदा (गत साउन)को तुलनामा सिमेन्टको भाउ प्रतिबोरा शत् प्रतिशतले बढिसकेको निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह बताउँछन् । त्यतिबेला प्रतिबोरा ४ सय रहेको सिमेन्टको भाउ अहिले प्रतिबोरा ८ सय नाघेको उनको भनाइ छ ।

दशैँ तिहार पश्चात सरकारी भौतिक निर्माणको काम सुरु हुन्छ, तर निर्माणको सिजनमै सरकारी सिमेन्ट उद्योग बन्द छन् । सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग ५ महिनादेखि बन्द छ  । कोइलाको अभाव, मेसिन तथा औजारहरुको मर्मतसम्भार र उद्योगमा विद्युत आपूर्तिमा अवरोधका कारण देखाउँदै असोज १५ यता उद्योग चल्न सकेको छैन । हेटौंडा सिमेन्ट उद्योगका प्रशासन प्रमुख तथा प्रवक्ता हरेराम आचार्यका अनुसार अहिले त उद्योगसँग स्टक पनि छैन तर, प्रशासनिक र अन्य खर्च भने बढिरहेको छ ।

सरकारी स्वामित्वकै अर्को सिमेन्ट उद्योग उदयपूर सिमेन्ट उद्योग पनि प्रभावकारी रुपमा चल्न सकेको छैन । पटक पटक बन्द हुने र एकाध दिन चलेर फेरि बन्द भइहाल्ने नियति बोकेर उदयपूर सिमेन्ट उद्योग बसेको छ ।

सिजनमै किन बन्द हुन्छन् सरकारी सिमेन्ट उद्योग ?
हरेक वर्ष सिजनमै सरकारी सिमेन्ट उद्योग किन बन्द हुन्छन् वा बन्द गरिन्छन् भन्ने कोणबाट कहीँकतै छलफल भएको पाइँदैन । एक जना पूर्व सांसद (जो तत्कालिन समयमा संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सदस्य पनि थिए) भने निजी उद्योगहरुले सरकारी अधिकारीहरुलाई प्रलोभनमा पारेर उद्योग बन्द गराउँछन् भन्ने जस्तो देखिएको आशंका गर्छन् ।

‘सरकारी उद्योग बन्द गराएपछि कम्तीमा मूल्यमा एकाधिकार कायम गर्न सकिन्छ भनेर निजी उद्योगका साहुहरुले सरकारी अधिकारीलाई प्रभावमा पारेको हुन्छन् कि भन्ने देखिन्छ’ ति पूर्व सांसद भन्छन्, ‘यसबारे ठोस प्रमाण त छैन, चासो देखाउनुपर्ने संघीय संसद र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पनि चासो देखाएर अनुसन्धान गरेका छैनन् ।’

तर, पूर्व उद्योगमन्त्रीसमेत रहेका संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्य रमेश रिजाल भने निजी उद्योगको प्रलोभनमा परेर सरकारी सिमेन्ट उद्योगहरु सिजनमै बन्द गरिन्छन् भन्ने तर्कसँग असहमत देखिए ।
‘निर्माणको सिजनमै सरकारी सिमेन्ट उद्योगहरु बन्द हुनु एउटा संयोग मात्रै हो, हरेक वर्ष भइरहन्छन्’ उनी भन्छन्, ‘उद्योग नै एक खालको रुग्ण अवस्थामा छन्, उनीहरुलाई सरकारले लगानी गरिरहनु पर्छ । यसकारण प्रलोभनमा परेर सिजनमा बन्द गराइन्छ भन्ने चाहिँ होइन ।’

यद्यपी, निजी उद्योगहरुले सिमेन्टको मूल्यमा कार्टेलिङ गरिरहेका छन् भन्ने विषयमा पटक पटक छलफल भने भइरहेको उनको जिकिर छ ।

‘सधैँभरी सरकारले पैसा हालिरहन सक्दैन’
पूर्वमन्त्री समेत रहेका सांसद रिजालले आफू मन्त्री हुँदा हेटौंडा र उदयपूर सिमेन्ट उद्योगलाई साँच्चै सरकारले चलाउने हो भने लगानी थप्नबाट पछि हट्न नहुने अडान राखेको स्मरण गराए । त्यतिबेला थप पैसा चाहिन्छ भन्ने देखिएपछि पैसा निकासा गर्ने कुरा भएको तर, आफू मन्त्रालयबाट बाहिरिएपछि के भइरहेको छ भन्ने जानकारी आफूले नपाएको उनको भनाइ छ ।

‘म त सरकारले उद्योग चलाउने र ब्यापार गर्ने काम गर्नु हुँदैन भन्ने लाइनको मान्छे हुँ, मैले त्यतिबेला पनि पीपीपी मोडलमा जाउँ भनेको थिएँ’ पूर्वमन्त्री रिजालले भने, ‘तर निजीकरण इकाई उद्योग मन्त्रालय मातहत थिएन, अर्थ मन्त्रालय मातहत थियो । उद्योग मन्त्रालय मातहत भइदिएको भए केही काम अघि बढ्थ्यो होला ।’

तर, सधैँभरी सरकारले पैसा हालेर रुग्ण बनिरहेका उद्योग चलाइरहनुपर्छ भन्ने मान्यता गलत रहेको उनको जिकिर छ । ‘‘२२ सय वर्ष अगाडी नै चाणक्यले ‘जिस देशका सरकार ब्यापारी, उस देशका जनता भिखारी’ भनेर भनेका थिए भन्ने कहिँकतै पढ्न पाइन्छ’’ उनी भन्छन्, ‘‘२२ सय वर्ष अगाडीको यो उक्ति आज पनि सान्दर्भिक छ भन्ने लाग्छ ।’’

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोच्चको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस भएका छन्...

नेतृत्व हस्तान्तरण पश्चात चन्द्र ढकालको भावुक वक्तव्य

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले भावुक...

नेपालकै पहिलो टियर IV हाइपरस्केल डाटा सेन्टर निर्माणको घोषणा, यस्ता छन् विशेषता

नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पुर्याउने र देशको डाटा सुरक्षालाई...

धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिका संयोजक डा. भट्टले दिए राजीनामा

नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिका संयोजक डा. गुणाकर...

नेपाल आयो ‘एमजी एस–६’, औपचारिक लन्च कहिले ?

पारामाउण्ट मोटर्सले ‘एमजी एस-६’ नेपाल भित्र्याएको छ । पारामाउण्टले...

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ...
spot_img