Friday, May 8, 2026
spot_img
spot_img

सरकारले ल्याएको अध्यादेशको चेम्बरद्वारा स्वागत

spot_img
spot_img

नेपाल चेम्बर अफ कमर्सले आर्थिक तथा व्यवसायिक वातावरण एवम् लगानी अभिवृद्धिका लागि सरकारले ल्याएको अध्यादेश सकारात्मक र दुरगामी महत्वको रहेको जनाएको छ । सार्वजनिक सेवा सुधार गर्दै व्यवसायिक वातावरण र लगानी अभिवृद्धिका लागि कानुनमा संशोधन गर्न सरकारले ल्याएको अध्यादेश सकारात्मक रहेको चेम्बरले जनाएको हो ।

चेम्बर अफ कमर्सद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सार्वजनिक सेवा सुधार, र आर्थिक तथा व्यवसायिक वातावरण एवं लगानी अभिववृद्धि गर्न अध्यादेश आएको छ यसले मुलुकको आर्थिक वातावरणमा सुधार र लगानी अभिवृद्धि हुने विश्वास लिएका छौं ।’

अर्थतन्त्रको सुधार एवं लगानीमैत्री वातावरणका लागि चेम्बर अफ कमर्सले कानुनी पाटो सुधार गर्न सरकारको ध्यानाकर्षण गराउँदै आएको थियो ।

वर्तमान अर्थतन्त्रको अवस्था सुधार गर्न सरकार प्रतिवद्ध रहेको देखिएको चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले बताए । रकम फिर्ता लैजान चाहने विदेशी लगानीकर्ताको प्रस्ताव ७ दिनमै स्वीकृत हुने अध्यादेशमा उल्लेखित व्यवस्थाको चेम्बरले स्वागत गरेको छ । यसले मुलुकभित्र लगानीको राम्रो वातावरण रहेको सन्देश जाने चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले बताए । उनले भने, ‘चेम्बरले अन्तराष्ट्रिय लगानीकर्ताका लागि लगानी सम्मेलनका क्रममा उठाएको इजी इन्ट्री र इजी एक्जिटको विषय सम्वोधन भएको छ ।’

सूचना प्रविधि उद्योगले विदेशमा कार्यालय खोल्न र लगानी गर्न सक्ने अध्यादेशमा उल्लेखित प्रावधान आईटी क्षेत्रको विकासका लागि काशेढुङ्गा भएको चेम्बरको ठहर छ ।

आर्थिक तथा व्यवसायिक वातावरण सुधार एवं लगानी अभिवृद्धि सम्वन्धी अध्यादेशबाट विभिन्न ११ वटा र सुशासन प्रर्वद्धन तथा सार्वजनिक सेवा सम्वन्धी अध्यादेशबाट १३ वटा कानुनमा संशोधन हुनु अर्थतन्त्रको दिगो विकासका लागि महत्वपुर्ण भएको चेम्बरले उल्लेख गरेको छ ।

जग्गा बाहेक स्थिर सम्पत्ति वा सम्झौताको धितो राखेर पनि ऋण लिन सकिने व्यवस्थाले अर्थतन्त्र र वित्तीय क्षेत्रलाई चलायमान बनाउन सहयोग पुग्ने चेम्बरले विश्वास लिएको छ । बैंक तथा वित्तीय क्षेत्रमा अधिक तरलता रहेको सन्र्दभमा अध्यादेशमा उल्लेखित प्रावधानले केही सहजता प्रदान गर्ने अध्यक्ष अग्रवालले बताए ।

विशेष आर्थिक क्षेत्र सेज उद्योगलाई प्राथमिकतामा राख्नुलाई पनि चेम्बरले महत्वपुर्ण कमद भनेको छ । विशेष आर्थिक क्षेत्र ऐन २०७३ संशोधन गरी सेजका उद्योगीलाई ७५ प्रतिशत निर्यात गर्ने वाध्यात्मक अवस्थाको अन्त्य हुनुलाई सकारात्मक रुपमा लिएको चेम्बरले जनाएको छ । सेवा क्षेत्रलाई पनि सेजमा आवद्ध गर्ने गरी अध्यादेशमा उल्लेखित व्यवस्थाले सेजमा निजी क्षेत्रलाई सहजीकरण गर्न खोजिएको चेम्बरले जनाएको छ ।

हाल सञ्चालनमा रहेका उद्योगहरु विशेष आर्थिक क्षेत्र सेजमा सारिएमा कर छुट दिने व्यवस्थाको स्वागत गर्दै चेम्बरले आन्तरिक उत्पादन देखि बजारीकरणसम्म सहज हुने अपेक्षा समेत गरेको छ ।

यस्तै विवरण नबुझाएका कारण कम्पनीलाई लाग्ने जरिवानामा ९० प्रतिशत सम्म छुट दिन अध्यादेशमा गरिएको व्यवस्थालाई पनि चेम्बरले स्वागत गरेको छ । यसले औद्योगिक वातावरण केही सहज हुने चेम्बरले उल्लेख गरेको छ ।

अर्थतन्त्रको शिथिलतालाई अन्त्य गर्न अध्यादेश महत्वपुर्ण भएको भन्दै संसदको हिउँदे अधिवेशनबाट अध्यादेश टुङग्याउन समेत चेम्बरले सरकारको ध्यानाकर्षण गराएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोच्चको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस भएका छन्...

नेतृत्व हस्तान्तरण पश्चात चन्द्र ढकालको भावुक वक्तव्य

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले भावुक...

नेपालकै पहिलो टियर IV हाइपरस्केल डाटा सेन्टर निर्माणको घोषणा, यस्ता छन् विशेषता

नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पुर्याउने र देशको डाटा सुरक्षालाई...

धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिका संयोजक डा. भट्टले दिए राजीनामा

नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिका संयोजक डा. गुणाकर...

नेपाल आयो ‘एमजी एस–६’, औपचारिक लन्च कहिले ?

पारामाउण्ट मोटर्सले ‘एमजी एस-६’ नेपाल भित्र्याएको छ । पारामाउण्टले...

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ...
spot_img