Wednesday, September 2, 2026
spot_img

नेपाल टेलिकमको लाभांश घोषणा, बुक क्लोज कहिले ?

spot_img

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई करसहित ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको शनिबार बसेको सञ्चालक समिति बैंठकले गरेको उक्त प्रस्ताव आगामी साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीमा वितरण हुनेछ । कम्पनीले गएको वर्ष ४० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

कम्पनीले प्रस्तावित लाभांश पारित गर्न पुस २८ गते आइतबार १७औँ वार्षिक साधारणसभा बोलाएको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १८ गते बुकक्लोज मिति तय गरेको छ । यसर्थ पुस १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको लाभांश प्राप्त गर्नेछन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

हिमालयन लघुवित्तद्धारा बाढी प्रभावितको लागि आर्थिक सहयोग प्रदान

हिमालयन लघुवित्त वित्तीय संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा...

बाढी प्रभावितको लागि नियमन आयोगद्वारा एक करोड रुपैयाँ सहयोग

विद्युत नियमन आयोगले भोटेकोशी बाढी प्रभावितको लागि प्रधानमन्त्री दैवी...

करदाता प्रोत्साहन पुरस्कारको घोषणा अब असोज १ गते

भोटेकोशी बाढीका कारण देशले भोगिरहेको विपत्ति र शोकलाई मध्यानजर...

नियमन आयोग, एचआईडीसीएल र ग्रिन भेन्चरद्वारा दैवी प्रकोप उद्धार कोषमा सहयोग

राष्ट्रिय विपद्का समयमा राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने...

अपर त्रिशुली १ का ५५७ जना अझै सम्पर्कविहिन, ११५ जना हेडवर्क्स र सुरुङमै फसेको अनुमान

माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको प्रवर्धक नेपाल वाटर एण्ड इनर्जी...