Wednesday, September 2, 2026
spot_img

राधी विद्युत कम्पनीको लाभांश घोषणा, हकप्रद पनि निष्काशन गर्ने

spot_img

राधी विद्युत कम्पनीले लाभांश घोषणा गरेको छ। कम्पनीको मङ्सिर २६ गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश गरि कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

त्यस्तै कम्पनीले बोनस पश्चात कायम हुने चुक्ता पुँजीको १:०.६९८९ को अनुपातमा ६९.८९ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि गरेको छ ।  कम्पनीले विद्युत नियमन आयोगबाट स्वीकृति प्राप्त भएपछि आगामी साधारणसभामा हकप्रद प्रस्ताव लैजाने छ । कम्पनीले पुस १८ गते साधारणसभा आह्वान गरेको छ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। पुस ३ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा १ करोड १ लाख सहयोग

नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घले रसुवाको भोटेकोशी बाढीबाट...

नेरूडे मिर्मिरे लघुवित्तद्वारा दैवी प्रकोप उद्धार कोषमा २८ लाख २० हजार सहयोग

भोटेकोशी लगायत विभिन्न क्षेत्रमा हालै आएको बाढी तथा प्राकृतिक...

ऋणपत्र निष्काशन गर्दै नबिल बैंक, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

नबिल बैंक लिमिटेडले ५.५% नबिल डिबेञ्चर २०९३ नामक ऋणपत्र...

हिमालयन लघुवित्तद्धारा बाढी प्रभावितको लागि आर्थिक सहयोग प्रदान

हिमालयन लघुवित्त वित्तीय संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा...

बाढी प्रभावितको लागि नियमन आयोगद्वारा एक करोड रुपैयाँ सहयोग

विद्युत नियमन आयोगले भोटेकोशी बाढी प्रभावितको लागि प्रधानमन्त्री दैवी...

करदाता प्रोत्साहन पुरस्कारको घोषणा अब असोज १ गते

भोटेकोशी बाढीका कारण देशले भोगिरहेको विपत्ति र शोकलाई मध्यानजर...