Friday, February 27, 2026
spot_img

जेन्जी आन्दोलनमा कसले दिएको थियो गोली हान्ने आदेश ? BBC को डकुमेन्ट्रीले गर्यो यस्तो खुलासा

spot_img
spot_img

विश्व चर्चित मिडिया बीबीसीले गत भदौमा नेपालमा भएको जेन्जी प्रदर्शनबारेको डकुमेन्ट्री सार्वजनिक गरेको छ । बीबीसीले आज बिहान आफ्नो युट्युब च्यानलमा डकुमेन्ट्री सार्वजनिक गरेको हो ।

नेपाल प्रहरीबाट प्राप्त गोप्य सूचना, संचार सम्पर्कको अडियो, र सामाजिक संजालमा राखिएका हजारौं भिडियोलाई विश्लेषण गरेर डकुमेन्ट्री  तयार पारेको जनाएको छ । डकुमेन्ट्रीमा बीबीसीले टाइमलाइन सहित कुन समयमा के भयो, कति बजे गोली चल्न थाल्यो, सुरुमा मृत्यु भएकाहरुलाई कसरी गोली लाग्यो, र कसले गोली हान्ने आदेश दियो भन्ने बारे उल्लेख गरेको छ।

डकुमेन्ट्रीमा प्रहरीलाई KILO 1 बाट गोली हान्ने आदेश आएको र गोली हानेर स्थिति नियन्त्रणमा लिने आदेश आएको उल्लेख गरिएको छ। KILO 1 को नेतृत्वमा थिए  जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुखको रुपमा रहेका बरिष्ठ उपरिक्षक (एसएसपी) विश्व अधिकारी । अर्थात् उनी जेन-जी आन्दोलनका बेला काठमाडौं प्रहरी प्रमुख रहेका थिए ।

डकुमेन्ट्रीमा उल्लेख भए अनुसार  KILO 1 लाई पनि सो आदेश माथिबाट आएको थियो । KILO 1 लाई PETER 1 बाट १२:४० बजे कर्फ्यु लागि सकेको र गोली हान्नको लागि अर्को आदेश कुर्नु नपर्ने आदेश आएको डकुमेन्ट्रीमा दाबी गरिएको छ। PETER 1 भन्नाले नेपाल प्रहरीको आईजीपी भन्ने बुझिन्छ, त्यस समयमा आईजीपी चन्द्र कुवेंर खापुङ थिए । बीबीसीले आफ्ना स्रोतहरुको आधारमा PETER 1 बाट नै गोली हान्ने आदेश दिएको उल्लेख गरेको छ ।

तर नेपाल प्रहरीको प्रवक्ताले भने आइजीपीले गोली हान्ने आदेश नदिएको र सो आदेश जिल्लाको सुरक्षा समन्वय समितिको बैठकबाट आएको दाबी गरेको डकुमेन्ट्रीमा उल्लेख छ । जिल्लाको सुरक्षा समन्वय समितिको नेतृत्वमा भने काठमाडौँका सीडीओ छबिलाल रिजाल थिए । रिजालले आफुले सो आदेश नदिएको बताएका छन् । त्यस्तै गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी ओलीले पनि आफुले गोली हान्ने आदेश नदिएको बताएका छन् ।

दोस्रो दिनमा भने प्रहरीलाई आफ्नो , आफ्नो पोशाक, आफ्नो हतियार र आफ्ना गाडीको मात्र सुरक्षा गर्ने आदेश आएको डकुमेन्ट्रीमा भनिएको छ । दोस्रो दिनको लागि दिउँसो भिडलाई रोक्न सकिन्छ भने मात्र अश्रु ग्यास प्रयोग गर्ने र नसकिने भएमा आफ्नो सुरक्षालाई प्राथमिकतामा राख्न आदेश आएको डकुमेन्ट्रीमा उल्लेख छ ।

हेर्नुस् डकुमेन्ट्री 

 

 

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

गोली हान्ने आदेशबारे खुलासा गरिएको BBC को डकुमेन्ट्री हटाउन निर्वाचन आयोगको पत्र

विश्व चर्चित मिडिया बीबीसीले आज सार्वजनिक गरेको जेन्जी प्रदर्शनबारेको...

बर्दघाट लगानी फोरम सम्पन्न, क-कसले के भने ?

बर्दघाट एसएमइ भिलेज समुन्न नवलपरासीको आधार बन्ने विश्वास लगानीकर्ताहरुले...

१६५ वटै क्षेत्रमा पुग्यो निर्वाचन सामग्री

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि...

सुपर खुदी हाइड्रोको आईपीओ बाँडफाँड मिति तय

सुपर खुदी हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ...

वल्डलिंकको सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालित ‘I Jatra’ कार्यक्रम सिमरामा सम्पन्न

वल्डलिंक कम्युनिकेशन्सको सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदान गरिएको आर्थिक सहयोग तथा...

आइजीआई प्रुण्डेशियल इन्स्योरेन्सको नयाँ केन्द्रीय कार्यालय ‘आईजीआई कम्प्लेक्स’ उद्घाटन

आइजीआई प्रुण्डेशियल इन्स्योरेन्सले आफ्नो नयाँ केन्द्रीय कार्यालय ‘आईजीआई कम्प्लेक्स’बाट...
spot_img