आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ७० हजार ४०५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला ५ हजार ७ सय २५ रुपैयाँ कायम भएको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ९ सय ८ रुपैयाँ तोकिएको छ ।












