प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रचारप्रसार गर्ने आज फागुन १८ गते अन्तिम दिन रहेको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था निर्वाचन आयोगले गरेको थियो।
सोही व्यवस्थाअनुसार, आज फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन प्रचार–प्रसार गर्न सक्ने छन् । राति १२ बजेपछि भने मौन अवधि सुरु हुनेछ ।
निर्वाचन आयोगले चुनावको लागि सम्पूर्ण तयारी पुरा भएको र सबै निर्वाचन सामग्री सबै जिल्लामा पुगिसकेको जनाएको छ। निर्वाचन गराउने कर्मचारीहरु पनि निर्वाचन क्षेत्रमा पुगिसकेका छन् ।
फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म प्रतिनिधिसभा निर्वाचनको लागि मतदानको समय तोकिएको छ।












