Tuesday, October 22, 2024
spot_img

असोजमा १६ दिन शेयर कारोबार हुँदा लगानीकर्ताले तिरे ५८ करोड बढी पुँजीगत लाभकर

चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो महिनामा शेयर लगानीकर्ताले ५८ करोड ६५ लाख बढी पुँजीगत लाभकर तिरेका छन् । २०८१ असोज महिनामा शेयर लगानीकर्ताले ५८ करोड ६५ लाख ४० हजार ४ सय ६५ रुपैयाँ ५२ पैसा बराबरको पुँजीगत लाभकर तिरेका हुन् ।

जस मध्ये व्यक्तिगत लगानीकर्ताले तिरेको दीर्घकालीन पुँजीगत लाभकरको हिस्सा २३ करोड ६५ लाख रहेको छ भने व्यक्तिगत लगानीकर्ताले तिरेको अल्पकालीन लाभकरको हिस्सा २८ करोड ८५ लाख रहेको छ । कुल पुँजीगत लाभकरमा अल्पकालीन लगानीकर्ताले तिरेको पुँजीगत लाभकर ४९.१९ प्रतिशत रहेको छ ।

असोज महिनामा संस्थागत लगानीकर्ताले ६ करोड ९ लाख पुँजीगत लाभकर तिरेका छन् भने स्टक डिलरले ४ लाख ३४ हजार रुपैयाँ बराबरको पुँजीगत लाभकर तिरेका छन् । असोज महिनामा दशैँ विदा, संविधान दिवसको विदा तथा इन्द्र जात्राको विदाको कारण कुल १६ दिन मात्र शेयर कारोबार भएको थियो  ।

२०८१ भदौमा भने लगानीकर्ताले २ अर्ब ५७ करोड ९४ लाख ८० हजार ६ सय ७ रुपैयाँ ९७ पैसा बराबरको पुँजीगत लाभकर तिरेका थिए । २०८१ साउनमा लगानीकर्ताले ४ अर्ब २३ करोड ५३ लाख पुँजीगत लाभकर तिरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

युनिलिभर नेपालका अध्यक्षले भने ‘अडलट शेयर कारोबार गर्न पाउनु पर्छ’

युनिलिभर नेपाल लिमिटेडका अध्यक्ष देव बाजपेईले नेपालको शेयरबजारमा अडलट...

कुनै पनि बहानामा दुधको आयात खुला नगर्न डेरी एशोसियसनको आग्रह

नेपाल डेरी एशोसियसनले कुनै पनि हालतमा दुध तथा दुग्ध...

थ्रीस्टार हाइड्रोले हकप्रद निष्काशन गर्ने

थ्रीस्टार हाइड्रोपावर लिमिटेडले हकप्रद निष्काशन गर्ने भएको छ  ।...

७ वित्तीय संस्था राष्ट्र बैंकको कारवाहीमा

नेपाल राष्ट्र बैंकले ३ वटा विकास बैंक र ४...

श्वेत गंगा हाइड्रोपावरको साधारणसभा आह्वान, यस्ता छन् ४ प्रस्ताव

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले साधारणसभा आह्वान गरेको...
spot_img