Wednesday, June 24, 2026
spot_img

शेयर बजारमा कारोबार रकमसँगै सर्वाधिक कित्ताको रेकर्ड, फाइनान्स समूहमा आकर्षण

spot_img
spot_img

आज बुधबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक ६४.२६ अंकले बढेर २७६०.९१ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका ३३२ कम्पनीका ५ करोड ९ लाख ६७ हजार ९ सय ५१ कित्ता शेयर खरिद बिक्रीबाट २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १ सय ६१ रुपैयाँ ०५ पैसाको कारोबार भएको हो । यो हालसम्मै कै उच्च कारोबार हो । यस अघि साउन ३१, २०७८ मा शेयर बजारमा २१ अर्ब ६४ करोडको कारोबार भएको थियो । आज त्यो रेकर्ड ब्रेक भएको हो ।

आज हिमालयन रिस्योरेन्सको सर्वाधिक ८४ करोड ४९ लाखको कारोबार भएको छ भने माउन्टेन इनर्जीको ४१ करोड ९ लाखको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये ८ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने २ कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशत बढेको छ ।

आज सिभिल बैंकको ऋणपत्रको सर्वाधिक ७.९२ प्रतिशतले घटेको छ भने आत्मनिर्भर लघुवित्तको शेयर मूल्य ६.५२ प्रतिशत बढेको छ । आज उपकार लघुवित्तको ५ प्रतिशत तथा एशियन हाइड्रोको शेयर मूल्य ४.०४ प्रतिशत घटेको छ ।

आज कारोबारमा आएका मध्ये सबै समूहगत सूचक बढेका छन् । जस मध्ये फाइनान्स समूह सर्वाधिक ८.०८ प्रतिशत तथा इन्भेष्टमेन्ट समूह ६.८९ प्रतिशत बढेको छ ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

उत्पादनमा जोडिएका सहकारीलाई प्रोत्साहन गर्न छुट्टै ऐन बनाइने

सरकारले उत्पादन, प्रशोधन र बजारीकरणमा सहकारीको भूमिका वृृद्धि गर्नका...

देशभरका ३८ हजार प्रतिष्ठान र व्यवसाय बन्द

राष्ट्रिय तथ्याङ्क कार्यालयले गरिरहेको आर्थिक गणनामा करिब ३८ हजार...

नेप्सेमा एशियन लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एशियन लाइफ इन्स्योरेन्सको बोनस शेयर...

मौद्रिक नीतिका लागि परिसंघले पेश गर्यो सुझाव

नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०८३÷८४ को मौद्रिक नीतिका...

नियमन आयोगको अध्यक्षको लागि कसले कताबाट गर्दैछन् जोडबल ?

विद्युत नियमन आयोगको अध्यक्ष नियुक्तिको लागि रोचक रस्साकस्सी चलेको...

नेपालमा पहिलो Bosch Brand Store सञ्चालनमा

विश्वप्रसिद्ध होम अप्लायन्स ब्रान्ड Bosch ले नेपालमा आफ्नो पहिलो...
spot_img