शेयर बजारमा कारोबार रकमसँगै सर्वाधिक कित्ताको रेकर्ड, फाइनान्स समूहमा आकर्षण

spot_img

आज बुधबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक ६४.२६ अंकले बढेर २७६०.९१ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका ३३२ कम्पनीका ५ करोड ९ लाख ६७ हजार ९ सय ५१ कित्ता शेयर खरिद बिक्रीबाट २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १ सय ६१ रुपैयाँ ०५ पैसाको कारोबार भएको हो । यो हालसम्मै कै उच्च कारोबार हो । यस अघि साउन ३१, २०७८ मा शेयर बजारमा २१ अर्ब ६४ करोडको कारोबार भएको थियो । आज त्यो रेकर्ड ब्रेक भएको हो ।

आज हिमालयन रिस्योरेन्सको सर्वाधिक ८४ करोड ४९ लाखको कारोबार भएको छ भने माउन्टेन इनर्जीको ४१ करोड ९ लाखको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये ८ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने २ कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशत बढेको छ ।

आज सिभिल बैंकको ऋणपत्रको सर्वाधिक ७.९२ प्रतिशतले घटेको छ भने आत्मनिर्भर लघुवित्तको शेयर मूल्य ६.५२ प्रतिशत बढेको छ । आज उपकार लघुवित्तको ५ प्रतिशत तथा एशियन हाइड्रोको शेयर मूल्य ४.०४ प्रतिशत घटेको छ ।

आज कारोबारमा आएका मध्ये सबै समूहगत सूचक बढेका छन् । जस मध्ये फाइनान्स समूह सर्वाधिक ८.०८ प्रतिशत तथा इन्भेष्टमेन्ट समूह ६.८९ प्रतिशत बढेको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

विद्युत विकास विभागको महानिर्देशकमा जीवछ मण्डल

सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गरेको छ ।...

SOPPAN submits ten-point recommendations to NEA for the next solar auction

A delegation of the Solar Power Producers' Association, Nepal...

कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ।...

आज कति छ सुनचाँदीको भाउ ?

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...

बत्तिको पैसा अनलाइनबाट तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल...

आउटडोर कफी र यताउता एड्भेन्चरको पहलमा बडीमालिका सरसफाइ

बाजुराको प्रसिद्ध पर्यटकीय र धार्मिक पिठ बडीमालिका परिसर सरसफाइ...