दूधपोखरी चेपे हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले माघ २० गते बोर्डमा आवेदन दिएको हो।
कम्पनीले २० करोड २० लाख रुपैयाँ बराबरको २० लाख २० हजार कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो। शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
दूधपोखरी चेपे हाइड्रोपावर लिमिटेडले गोरखा र लमजुङ जिल्लाको सिमानामा पर्ने चेपे खोलामा ११ मे.वा. क्षमताको आयोजना निर्माण गरिरहेको छ । यस योजना २०८२ चैत्र महिनाको अन्त्य सम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
कम्पनीका अध्यक्ष सविन प्रधानांङ हुन् भने अन्य संचालकमा भक्त बहादुर पुन:, दिपक लामिछाने, रेवन्त कुमार रावत, नारायण कंडेल, गणेश देवी प्रजापति र शंकर गिरी (स्वतन्त्र संचालक ) रहेका छन् ।












