Friday, February 27, 2026
spot_img

रिज लाइन इनर्जीको आईपीओ बाँडफाँड, १ लाख १८ हजार २६ जनाले पाए शेयर

spot_img
spot_img

रिज लाइन इनर्जी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बिहीबार बाँडफाँड भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलले बिहान ९ बजे शेयर बाँडफाँड गरेको हो।

कम्पनीले माघ २८ गतेदेखि फागुन ४ गतेसम्म आम सर्वसाधारणलाई ११ लाख ८० हजार २ सय ६० कित्ता शेयर निष्काशन गरेको थियो।  क्यापिटलका अनुसार यस निष्काशनमा २७ लाख २३ हजार ९ सय १४ जनाको आवेदन परेको थियो । जस मध्ये २५ लाख ३७ हजार ३ सय १ जनाको आवेदन मात्र योग्य भएको छ।

माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ। जसबाट १ लाख १८ हजार २६ जनाले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदक भने हात खाली भएका छन् । आईपीओको नतिजा केही समयपछि प्रकाशन हुने छ।

नेपाल धितोपत्र बोर्डले मङ्सिर २२ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। यस कम्पनीले गोरखा र लमजुङमा ९.०५० मेगावाट क्षमताको सुपर चेपे खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८० माघदेखि व्यापारिक उत्पादन गरिरहेको छ । कम्पनीले ११ मेगावाटको दुधपोखरी चेपे जलविद्युत आयोजनामा पनि लगानी गरेको छ ।

यस कम्पनीका अध्यक्ष डा. बसन्त गिरी हुन् भने अन्य संचालकमा प्रदिप राज गिरी, नारायण कंडेल, दिपेन्द्र हमाल, प्रतिमा तिवारी, र अशोक कुमार खड्का रहेका छन् । डा. विनोद पोखरेल कम्पनीका स्वतन्त्र संचालक हुन् ।

कम्पनीमा सोपान मल्टिपलको १० लाख कित्ता शेयर लगानी रहेको छ भने मुक्तिनाथ क्यापिटलको २ लाख कित्ता शेयर लगानी रहेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

गोली हान्ने आदेशबारे खुलासा गरिएको BBC को डकुमेन्ट्री हटाउन निर्वाचन आयोगको पत्र

विश्व चर्चित मिडिया बीबीसीले आज सार्वजनिक गरेको जेन्जी प्रदर्शनबारेको...

बर्दघाट लगानी फोरम सम्पन्न, क-कसले के भने ?

बर्दघाट एसएमइ भिलेज समुन्न नवलपरासीको आधार बन्ने विश्वास लगानीकर्ताहरुले...

१६५ वटै क्षेत्रमा पुग्यो निर्वाचन सामग्री

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि...

सुपर खुदी हाइड्रोको आईपीओ बाँडफाँड मिति तय

सुपर खुदी हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ...

वल्डलिंकको सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालित ‘I Jatra’ कार्यक्रम सिमरामा सम्पन्न

वल्डलिंक कम्युनिकेशन्सको सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदान गरिएको आर्थिक सहयोग तथा...

आइजीआई प्रुण्डेशियल इन्स्योरेन्सको नयाँ केन्द्रीय कार्यालय ‘आईजीआई कम्प्लेक्स’ उद्घाटन

आइजीआई प्रुण्डेशियल इन्स्योरेन्सले आफ्नो नयाँ केन्द्रीय कार्यालय ‘आईजीआई कम्प्लेक्स’बाट...
spot_img