रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले पुस ७ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणलाई ९ लाख २४ हजार ७ सय ६८ कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
यस निष्काशनमा पुस ११ गतेसम्म आवेदन दिन सकिने छ। बुक विल्डिङ विधिबाट निष्काशन गरिएको आईपीओ भएकोले यस आईपीओमा आवेदन दिंदा न्युनतम ५० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिनु पर्ने छ। कम्पनीले प्रति कित्ता ८२० रुपैयाँ ८० पैसाको दरले आईपीओ निष्काशन गर्न लागेको हो। शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
कम्पनीले यस अघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपीओ निष्काशन गरिसकेको छ। सो आईपीओ बाँडफाँडको लागि प्रि अलोटमेन्ट पनि भईसकेको छ ।












