एनएमबि लघुवित्तले आर्थिक वर्ष २०८१/८२ मा कुनै पनि लाभांश नदिने भएको छ ।
कम्पनीको फागुन १० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ मा लाभांश वितरण नगर्ने तथा वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो।
राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।












