आईसीएफसी फाइनान्स लिमिटेडले आज फागुन ११ गतेदेखि ऋणपत्र बिक्री खुला गरेको छ । फाइनान्सले प्रति ऋणपत्र १,००० रूपैयाँ अंकित मूल्यमा ५ लाख कित्ताले हुन आउने ५० करोड रूपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको हो ।
जस मध्ये ३ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गरिने छ भने २ लाख कित्ता सर्वसाधारणको लागि निष्काशन गरिएको छ। सर्वसाधारणको लागि निष्काशन गरिएको २ लाख कित्ता मध्येबाट १० हजार कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याईएको छ।
यस ऋणपत्रमा छिटोमा फागुन १४ गतेसम्म आवेदन दिन सकिने छ। आवेदन दिँदा न्युनतम २५ कित्ता र अधिकतम २ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । ऋणपत्र निष्काशनको लागि कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
नेपाल धितोपत्र बोर्डले माघ २१ गते कम्पनीलाई ऋणपत्र निष्काशनको अनुमति दिएको हो । वार्षिक ८ प्रतिशत ब्याजदर रहेको यो ऋणपत्रको अवधि ७ वर्षको रहेको छ ।












