सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको साधारणसभा सम्पन्न भएको छ। आज माघ १९ गते सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
सभाले नियमित प्रस्तावसंगै विशेष प्रस्ताव अन्तर्गत कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, तथा थप संशोधन गर्नु पर्ने भएमा संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको छ ।
सभाले १ महिला सहित ४ जना संचालकको निर्वाचन पनि गरेको छ। जसमा प्रतीक राज अधिकारी, निरु केसी कार्की, इन्द्र बहादुर थापा र सुरेन्द्र बहादुर केसी (खड्का क्षेत्री) संचालक निर्वाचित भएका छन् ।
यस अघि कम्पनीको साधारणसभा दुई पटक रोकिएको थियो। कम्पनीले पुस २८ गते साधारणसभा बोलाएकोमा सो दिन कोरम नपुगेर सभा रोकिएको थियो। दोस्रो पटक अराजक समूहको दादागिरीका कारण सभा गर्न नसकिएको कम्पनीले जनाएको थियो।













