Saturday, February 7, 2026
spot_img

सिनर्जी पावरले भन्यो ‘अराजक समूहको दादागिरी र धाकधम्कीले गर्दा साधारणसभा गर्न सकिएन’

spot_img
spot_img

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले केही अराजक समूहको गतिविधिको कारण आजको लागि बोलाइएको साधारणसभा स्थगित भएको जनाएको छ। कम्पनीले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।

केही लगानीकर्ताले शेयरधनीहरु, रजिष्ट्रार कार्यालयका कर्मचारी, कम्पनीका पदाधिकारी, निर्वाचन अधिकृतलाई दादागिरी शैलीमा धाकधम्की दिई साधारण सभाको नियमित काम कारवाही शुरु गर्न अवरोध गरेको कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीको २०८२ पुस ३ गतेको संचालक समितिको बैठकले २०८२ पुस २८ गते कम्पनीको १९ औं साधारणसभा गर्ने निर्णय गरेको थियो। सो दिन गणपूरक संख्या नपुगेकोले आज माघ ८ गते पुन: साधारणसभा बोलाईएको थियो।

कम्पनीका अनुसार आजको साधारण सभा शुरु हुनभन्दा अघि केही व्यक्तिहरुको अराजक समूहले साधारण सभा स्थल तथा सभा हल कब्जा गरी शेयरधनी उपस्थिति पुस्तिकामा हाजिर गर्न नदिई शेयर शेयरधनीहरु, रजिष्ट्रार कार्यालयका कर्मचारी, कम्पनीका पदाधिकारी, निर्वाचन अधिकृतलाई दादागिरी शैलीमा धाकधम्की दिई साधारण सभाको नियमित काम कारवाही शुरु गर्न अवरोध पुर्याएका थिए । यस किसिमका अराजक गतिविधिका कारण उक्त साधारण सभा शुचारू गर्न नसकिएको कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीका अनुसार उक्त साधारण सभामा प्रोक्सी दर्ता गरेका शेयरधनीहरुलाई निर्वाचन अधिकृतले रद्द भएको प्रोक्सीको विवरण भरपाई गरी लिनुहोस् भनि अनुरोध गरेकोमा साधारण सभा स्थल मै प्रोक्सी प्रमाणित गर्नुपर्छ, शेयर रजिष्ट्रार र निर्वाचन अधिकृतले प्रमाणित गरेको प्रोक्सिलाई हामी मान्दैनौ भनि कम्पनीका कर्मचारीहरु माथी हातपातसम्मको प्रयास भएको थियो ।

यस्तो अवस्थामा वार्षिक साधारण सभा सञ्चालन असम्भव भएको हुनाले सञ्चालक समितिको निर्णय बमोजिम आजको साधारणसभा स्थगित गरिएको कम्पनीले जनाएको छ । साधारण सभामा भएको यस किसिमको अराजक गतिविधीप्रति कम्पनीको सञ्चालक समितिले खेद प्रकट गरेको छ ।

हेर्नुस् विज्ञप्ति 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

ओटीएम मुम्बई २०२६ः भारतको मञ्चबाट विश्वभरका पर्यटकलाई नेपाल घुम्न निम्तो

नेपाल पर्यटन बोर्डले भारतको मुम्बईमा आयोजित एशियाकै प्रतिष्ठित अन्तर्राष्ट्रिय...

२४ लाख ९९ हजारमै टाटा टियागो इभी किन्न पाउने अवसर

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि.ले...

जेन जी आन्दोलनमा क्षतिग्रस्त बनेको कोटेश्वर भाटभटेनी पुनः सञ्चालनमा

भाटभटेनी सुपरमार्केटले जेन् जी आन्दोलनका क्रममा आगलागीबाट क्षतिग्रस्त भएका...

टि २० विश्वकप क्रिकेट प्रतियोगिता आजदेखि, नेपालको पहिलो खेल आइतबार

टि २० विश्वकप क्रिकेट प्रतियोगिता आज शनिवारदेखि सुरु हुँदैछ...

टी २० विश्वकपका खेल टुँडिखेल र तीनकुनेमा लाइभ देखाइने

कोका–कोला नेपालले ओपन डोर इन्टरटेन्मेन्टसँगको सहकार्यमा आईसीसी पुरुष टी–२०...

प्रत्यक्षतर्फको ८४ लाख ४० हजार मतपत्र छपाइ सम्पन्न

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अर्थात् प्रत्यक्ष प्रणालीअन्तर्गत...
spot_img