प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द नहुने भएका छन् । निर्वाचन आयोगले ‘सवारी साधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ जारी गर्दै आन्तरिक र बाह्य कुनैपनि उडान नरोकिने जनाएको हो ।
निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार निर्वाचनका दिन फागुन २१ गते आन्तरिक र अन्तर्राष्ट्रिय उडान रोकिने छैनन् । यसका लागि पासको प्रबन्ध भने निवाचन आयोग र सम्बन्धित जिल्ला प्रशासन कार्यालयले गर्नेछन् ।
एयरलाइन्सका कर्मचारीलाई विमानस्थल जान र आउन तथा पर्यटकलाई विमानस्थलदेखि होटल र होटलदेखि विमानस्थलसम्म आवागमनका लागि पासको प्रबन्ध गरिनेछ । यसका लागि सम्बन्धित कम्पनीहरुले २ दिन अगाडि नै पास लिनुपर्नेछ ।












