Sunday, August 30, 2026
spot_img
spot_img

रसुवा बाढी प्रभावितका लागि नाइमाद्वारा ५० लाख सहयोग

spot_img

नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुन:स्थापनामा सहयोग पुर्‍याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख सहयोग गर्ने निर्णय गरेको छ।

साथै, बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै NAIMA ले ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली, शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

यस विपदको घडीमा आफ्ना सदस्य संस्थाहरुले गरेको सहयोगको पनि नाइमाले प्रशंसा गरेको छ । विपद्को सुरुवातदेखि नै NAIMA का सदस्य कम्पनीहरूले आर्थिक, यातायात तथा लजिस्टिक सहयोगलगायत विभिन्न माध्यमबाट उद्धार तथा राहत कार्यमा योगदान पुर्‍याउँदै आएका छन्।

“यस्तो कठिन समयमा सरकार र प्रभावित नागरिकलाई सहयोग गर्नु निजी क्षेत्रको पनि साझा दायित्व हो । यस विपद्मा सहयोग र सहकार्यका लागि तत्परता देखाउनु भएका हाम्रा सम्पूर्ण सदस्य कम्पनीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु । सरकार, निजी क्षेत्र र समुदायबीचको सहकार्यले नै राहत तथा पुन:स्थापनालाई प्रभावकारी बनाउन सक्छ,” नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यले भनिन् ।

खोज, उद्धार तथा राहत कार्यमा खटिरहेका सरकारी तथा सुरक्षा निकाय, स्वास्थ्यकर्मी, उद्धारकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा संघ–संस्थाप्रति उच्च सम्मान व्यक्त गर्दै NAIMA ले अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका सम्पूर्ण सरोकारवालालाई आफ्नो क्षमता र उपलब्ध स्रोतअनुसार प्रभावित नागरिकको सहयोगमा हातेमालो गर्न आग्रह गरेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

हिमालयन बैंकको अध्यक्षमा बैकुण्ठ अर्याल चयन

हिमालयन बैंकको अध्यक्षमा बैकुण्ठ अर्याल चयन भएका छन् ।...

भोटेकोशी बाढीः खर्ब नजिकको बीमा दाबी पर्ने आँकलन, कति तयार छन् कम्पनीहरु ?

भोटेकोशी नदीमा आएको बाढीले गराएको मानवीयसँगै भौतिक क्षतिको यकिन...

स्काईवेलको ‘नाडा अफर’ आजसम्म, यसपछि टेस्ट ड्राइभ सुरु हुने

स्काईवेल ईभीको नेपालका लागि आधिकारिक बिक्रेता एलआरआर मोटर्सले ‘नाडा...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा बाढी पिडितका लागि ४ करोड १ लाख सहयोग

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले हालै रसुवा जिल्लाको भोटेकोशी...

बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीले भने “ढुक्क हुनुहोस्, पैसाको अभाव हुन दिनेछैनौँ”

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित नुवाकोट जिल्लाका विभिन्न...

तोलामै ९५ सयले घट्यो सुनको भाउ

आज आइतबार सुनको भाउ घटेको छ । शुक्रबार प्रतितोला...