Friday, July 3, 2026
spot_img

नेपाल एसबीआई बैंकलाई एसियन बैंकिङ एन्ड फाइनान्सका चार अन्तर्राष्ट्रिय अवार्ड

spot_img

नेपाल एसबीआई बैंक लिमिटेड (NSBL) ले बैंकिङ क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन र नवप्रवर्तनका लागि सिंगापुरस्थित एसियन बैंकिङ एन्ड फाइनान्स (ABF) बाट सन् २०२६ का लागि चार प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ।

बैंकले होलसेल बैंकिङ अवार्ड्स अन्तर्गत ‘नेपाल डोमेस्टिक लिक्विडिटी म्यानेजमेन्ट बैंक अफ द इयर’‘नेपाल डोमेस्टिक ट्रेड फाइनान्स बैंक अफ द इयर’ तथा रिटेल बैंकिङ अवार्ड्स अन्तर्गत ‘डोमेस्टिक रिटेल बैंक अफ द इयर–नेपाल’‘एसएमई बैंक अफ द इयर–नेपाल’ अवार्ड जित्न सफल भएको हो।

यी अन्तर्राष्ट्रिय सम्मानले तरलता व्यवस्थापन, व्यापार वित्त, बैंकिङ अभ्यास तथा होलसेल र रिटेल बैंकिङ सेवामा बैंकले हासिल गरेको उत्कृष्टता र नवप्रवर्तनप्रतिको प्रतिबद्धतालाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिएको बैंकले जनाएको छ।

बैंकले यस सफलताका लागि आफ्ना सम्मानित शेयरधनी, ग्राहक तथा नियामक निकायप्रति हार्दिक आभार व्यक्त गर्दै उनीहरूको विश्वास, सहयोग र मार्गदर्शनले नै यो उपलब्धि सम्भव भएको उल्लेख गरेको छ। साथै, यस सम्मानले भविष्यमा अझ उत्कृष्ट सेवा प्रदान गर्दै देशको आर्थिक विकास र समृद्धिमा थप योगदान गर्न प्रेरणा मिलेको बैंकको भनाइ छ।

नेपाल एसबीआई बैंकले विगत ३२ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको छ। हाल बैंकले देशभर १०३ शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रदेश कार्यालय, २१ शाखारहित बैंकिङ इकाइ, १२७ एटीएम तथा एक कर्पोरेट कार्यालय मार्फत आफ्ना ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

लक्ष्मी सनराइज बैंकले पायो ऋणपत्र निष्काशनको अनुमति

लक्ष्मी सनराइज बैंकले ऋणपत्र निष्काशनको अनुमति पाएको छ। नेपाल...

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजा सम्पन्न, केबलकार दुई महिनाभित्रै सञ्चालनमा आउने

कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष क्षमा...

राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘अनलाइन कर्जा आवेदन’ सेवाको सुरुवात

राष्ट्रिय वाणिज्य बैंकले अनलाइन कर्जा आवेदन' सेवाको सुरुवात गरेको...

स्वास्थ्य बीमा बोर्डद्वारा मंसिर सम्मको बक्यौता चुक्ता

स्वास्थ्य बीमा बोर्डले मंसिर सम्मको बक्यौता चूक्ता गरेको जनाएको...

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

ग्लोबल आइएमई बैंकको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन...

आगामी मौद्रिक नीतिबारे अर्थ समितिले विज्ञसहित छलफल गर्दै

प्रतिनिधिसभाको अर्थ समितिले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका सम्बन्धमा...
spot_img