नेपाल–भारतबीचको व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यका साथ नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) र हाउस अफ राजकर्णिकार (एचओआर) बीच समझदारी भएको छ ।
मंगलबार निक्कीको सचिवालयमा आयोजित कार्यक्रममा समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको हो । यस सहमतिसंगै भारतको ऐतिहासिक तथा धार्मिक नगरी वाराणसीमा आयोजना हुन लागेको ‘फुड एण्ड बेभरेज तथा हस्पिटालिटी बी–टु–बी ट्रेड शो’ का लागि निक्कीलाई आधिकारिक इन्डस्ट्री पार्टनरको रूपमा सहकार्य गर्ने सहमति भएको हो ।
संघको तर्फबाट महासचिव राजन शर्मा र हाउस अफ राजकर्णिकारको तर्फबाट प्रबन्ध निर्देशक मिनू राजकर्णिकारले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
यस सहकार्यले नेपाल र भारतका खाद्य, पेय पदार्थ, पर्यटन तथा आतिथ्य क्षेत्रका व्यवसायीहरूबीच नया“ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ । प्रदर्शनीमार्फत दुवै देशका उद्यमी, लगानीकर्ता तथा व्यवसायिक संस्थाहरूलाई प्रत्यक्ष व्यापारिक सम्पर्क विस्तार गर्ने महत्वपूर्ण मञ्च प्राप्त हुने बिश्वास गरिएको छ ।
निक्की र हाउस अफ राजकर्णिकारबीचको यो सहकार्यलाई नेपाल–भारत आर्थिक तथा व्यापारिक सम्बन्धलाई नया“ उचाइमा र्पुयाउने सकारात्मक कदमका रूपमा ब्यक्त गरिएको छ । साथै, यस सहकार्य तथा प्रदर्शनीले सीमापार व्यापार बृद्धि, लगानी प्रवद्र्धन तथा निजी क्षेत्रबीचको सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ ।
वाराणसीमा आयोजना हुने उक्त नेपाली अन्तर्राष्ट्रिय व्यापार प्रदर्शनीले दक्षिण एसियाली खाद्य तथा आतिथ्य उद्योगलाई एकै थलोमा जोड्दै क्षेत्रीय आर्थिक सहकार्यलाई समेत नया“ गति दिने अपेक्षा गरिएको छ ।












