Monday, May 11, 2026
spot_img

इङ्ल्यान्ड क्रिकेट टिमले नेपाल भ्रमण गर्ने सम्भावना, T20I सिरिजको तयारी

spot_img
spot_img

इङ्ल्यान्ड क्रिकेट बोर्ड (ECB) ले नेपालसँग पहिलो पटक पुरुष टोलीको भ्रमणको विकल्पबारे गम्भीर छलफल गरिरहेको छ। सन् २०२७–३१ को फ्यूचर टुर्स प्रोग्राम (FTP) मा छोटो टी२०आई सिरिज समावेश गर्ने सम्भावना रहेको ESPNcricinfo ले जनाएको छ।

टी२० विश्वकप २०२५ मा इङ्ल्यान्ड र नेपालबीच भएको रोमाञ्चक खेलपछि यो चर्चा तीव्र बनेको हो। भारतको वानखेडे स्टेडियममा भएको उक्त खेलमा इङ्ल्यान्डले अन्तिम बलमा जित हात पारेको थियो। सो खेलमा नेपाल ४ रनले पराजित भएको भएको थियो। खेलपछि नेपाल क्रिकेट संघ (CAN) का सचिव तथा पूर्वकप्तान पारस खड्काले ECB अधिकारीहरूसँग भेट गरेका थिए।

नेपालले गत वर्ष UAE मा वेस्ट इन्डिजविरुद्ध सिरिज जितेर पूर्ण ICC सदस्य टोलीविरुद्ध पहिलो सिरिज जित्ने उपलब्धि हासिल गरेको थियो। तर, अझै कुनै टेस्ट खेल्ने राष्ट्रले नेपाल भ्रमण गरेर पूर्ण अन्तर्राष्ट्रिय सिरिज खेलेको छैन।

आयरल्यान्डले भने यसअघि नै CAN सँग पाँच वर्षे रणनीतिक साझेदारी सम्झौता गरेर २०२६–२७ मा सेतो बलको भ्रमण गर्ने योजना सार्वजनिक गरिसकेको छ।

ECB ले २०२७–३१ को FTP तयार पारिरहेको बेला नेपाल भ्रमणलाई समावेश गर्न सकिने विकल्पबारे छलफल भइरहेको छ। छोटो २ वा ३ टी२०आई सिरिजले इङ्ल्यान्डलाई भारत जस्तो अर्को भ्रमणअघि राम्रो तयारी पनि दिन सक्ने अनुमान छ।

नेपालका कप्तान रोहित पौडेलले टी२० विश्वकपमा भनेका थिए, “अस्ट्रेलिया वा इङ्ल्यान्ड जस्तो ठूलो टोली नेपाल आउनु भनेको क्रिकेटलाई विश्वव्यापी बनाउन ठूलो सहयोग हुनेछ। यसले नेपालले पनि राम्रो क्रिकेट खेल्छ भन्ने देखाउने छ।”

Sky Sports ले ‘Nepal: Climbing Cricket’s Mountain’ नामक डकुमेन्ट्री प्रसारण गरेको थियो जसमा पारस खड्काले ठूला टोलीहरूसँग खेल्ने अवसरले नेपाली क्रिकेटरहरूलाई ठूलो एक्सपोजर दिने बताएका थिए। उनले भनेका थिए, “हामीले टेस्ट खेल्ने राष्ट्रहरूसँग खेल्नुपर्छ। राम्रो टोलीसँग खेल्दा मात्र खेलाडीले सिक्न सक्छन् र देशभरिका बालबालिकामा क्रिकेटप्रति उत्साह बढ्छ।”

यो भ्रमण भएमा इङ्ल्यान्ड नेपाल भ्रमण गर्ने सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय टोली बन्नेछ। नेपाल क्रिकेटका लागि यो ऐतिहासिक क्षण हुन सक्ने अपेक्षा गरिएको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

जेएसडब्लु एमजी मोटर इन्डिया र गोल्छा अर्गनाइजेशनबीच साझेदारी, थापाथलीमा शोरुम स्थापना

जेएसडब्लु एमजी मोटर इन्डियाले गोल्छा अर्गनाइजेशनसँगको रणनीतिक वितरण साझेदारीमार्फत...

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

संसदमा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम...

कर्मचारीहरु राजनीतिमा लागे सरकारी सेवामा अयोग्य ठहरिने !

सरकारले कर्मचारीहरु राजनीतिमा लागे सरकारी सेवामा अयोग्य बनाउने गरी...

नेपालको पानीलाई ‘हिमालयन ओरिजिन सर्टिफाइड वाटर’का रुपमा ब्राण्डिङ गरिने

सरकारले नेपाली पानीलाई अन्तर्राष्ट्रि स्तरमा ब्राण्डिङ गर्ने घोषणा गरेको...

२०८५ लाई ‘भिजिट नेपाल वर्ष’का रुपमा मनाइने, ‘देवभूमि नेपाल’ अभियान सञ्चालन गरिने

सरकारले वर्ष २०८५ लाई ‘भिजिट नेपाल वर्ष’को रुपमा मनाउने...

‘रेमिट्यान्स लगानी मिलान कोष’ स्थापना गरिने

सरकारले रेमिट्यान्स लगानी मिलान कोष स्थापना खडान गर्ने भको...
spot_img