Friday, May 8, 2026
spot_img

समस्याग्रस्त शेयर मार्केट्स एण्ड फाइनान्सको संयोजकमा उपाध्याय छनौट

spot_img
spot_img

पुतलीसडकमा रहेको समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापन तथा सञ्चालन समितिको संयोजकमा रवि कुमार उपाध्याय छनौट भएका छन् । राष्ट्र बैंकले उक्त फाइनान्सको व्यवस्थापन तथा सञ्चालनका लागि १ जना संयोजक माग गरेको थियो।

संयोजक पदमा राष्ट्र बैंकले सर्टलिस्टमा परेका उम्मेदवार मध्येबाट उपाध्ययलाई छनौट गरेको हो । राष्ट्र बैंकले उनलाई वैशाख ३० गतेसम्ममा राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागमा सम्पर्क गर्न भएको छ।

सो अवधिसम्म उनी सम्पर्क गर्न नआएमा राष्ट्र बैंकले वैकल्पिकमा रहेका उम्मेदवारलाई नियुक्ति दिने छ।  वैकल्पिक उम्मेदवारको रुपमा प्रेमश्वर शाक्य र दीपेन्द्र राजभण्डारी रहेका छन् ।

संयोजक पदको लागि राष्ट्र बैंकले  रवि कुमार उपाध्याय, प्रेमश्वर शाक्य, र दीपेन्द्रराज भण्डारीलाई सर्ट लिस्ट गरेको थियो ।  ३ जना उम्मेदवारको  कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्तापछि उपाध्यय संयोजक छनौट भएका हुन्।

छनौट भएका उम्मेदवारको अवधि १ वर्षको हुने छ भने आवश्यकता तथा कार्य प्रगतिका आधारमा ६ / ६ महिनाका लागि दुई पटकसम्म सेवा अवधि नवीकरण गर्न सकिनेछ । संयोजकलाई राष्ट्र बैंकले मासिक रु. १,२६,३००/- (अक्षरेपि एक लाख छब्बीस हजार तीन सय मात्र) मासिक पारिश्रमिक (नियमानुसारको करसहित) प्रदान गर्ने छ। दशैं खर्चबापत एक महिनाको पारिश्रमिक बराबरको रकम प्रदान गर्ने छ। सोबाहेक अन्य कुनै प्रकारको भत्ता प्रदान गरिने छैन । साथै, भैपरि आउने बिदा वार्षिक १२ दिनसम्म पाउने छ।

फाइनान्सको व्यवस्थापन तथा सञ्चालनका लागि दुई जना सम्मिलित व्यवस्थापन समुह गठन गरिएको छ। यस अघि संयोजक रहेका रोशन कुमार अधिकारीले राजीनामा दिएपछि राष्ट्र बैंकले फेरि संयोजक माग गरेको थियो। सदस्य पदमा भने प्रकाश घिमिरे रहेका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

अब स्थानीय तहले कम्पनी खोल्न सक्ने, दुई वटा शर्त निर्धारण

अब स्थानीय तहले पनि आफ्नो नाममा कम्पनी दर्ता गर्न...

एभरेष्ट कफी बिन्सको ७औँ आउटलेट अनामनगरमा, संकल्प इन्भेष्टमेन्टले लियो फ्रेन्चाइज

एभरेष्ट ग्रुप अफ कम्पनीजको ‘एभरेष्ट कफी बिन्स’को सातौं आउटलेट...

फिफा विश्वकपको लागि ‘दाई दाई’ नामको गित ल्याउँदै शाकिरा, टिजर सार्वजनिक

कोलम्बियन गायिका शाकिराले २०२६ को फिफा विश्वकपको आधिकारिक गीत...

ऊर्जा मन्त्रालयद्वारा आफु मातहतका कम्पनीका सिइओ र संचालकलाई राजीनामा दिन निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आफु मातहतका सबै कम्पनीका...

यसपटक मनसुनमा देशका अधिकांश स्थानमा सरदर भन्दा कम वर्षा हुने, कहाँ कति ?

जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन ऋतुको...

गोल्याण ग्रुपद्वारा जेन्जी सहिदका सन्तानलाई शैक्षिकवृत्ति र अभिभावकलाई स्वास्थ्य बीमा सुनिश्चित

गोल्याण ग्रुपले जेन–जी सहिद परिवारका लागि शैक्षिकवृत्ति र स्वास्थ्य...
spot_img