Friday, July 3, 2026
spot_img

महँगो लागतले डिजेल-पेट्रोल गाडीलाई ईभी बनाउन इच्छुक छैनन् व्यवसायी, खोजे छुट सुविधा

spot_img

सरकारले डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिणत गर्न आवश्यक कानूनी व्यवस्था मिलाउने निर्णय गरेपछि अहिले यसबारे चासो बढिरहेको छ । गत चैत्र २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिणत गर्न आवश्यक कानूनी व्यवस्था मिलाउने निर्णय गरेको थियो।

सरकारको सो निर्णयपछि हाल डिजेल पेट्रोलबाट चल्ने सवारी साधनलाई ‘ईभी कन्भर्जन’ कत्तिको सहज र व्यवहारिक हुन्छ भन्ने प्रश्न उठिरहेको छ । गाडीको भित्री इन्जिन र बाहिरी स्वरुपका आधारमा ईभी कन्भर्जन सम्भव हुन्छ कि हुँदैन र लागत र प्रक्रिया कस्तो हुन्छ भन्ने चासो पनि सँगसँगै आइरहेको छ ।

लागत कति ?

सरकारले इन्धन गाडीलाई ईभीमा रुपान्तरण गर्ने कानुनी प्रबन्ध गरेपनि यसको लागत कति हुन्छ भन्नेमा विभिन्न अड्कलबाजी मात्रै भइरहेका छन् । साथै, सबै गाडी यसका लागि योग्यसमेत हुन नसक्ने प्राविधिकहरु बताउँछन् । बजारमा उपलब्ध प्राविधिक अनुमानअनुसार साना कारलाई ईभीमा रुपान्तरण गर्न करिब ५ लाखदेखि ८ लाख रुपैयाँसम्म खर्च लाग्न सक्ने उनीहरुको भनाइ छ । मध्यम आकारका गाडीलाई ईभीमा कन्भर्जन गर्दा १० लाखदेखि १२ लाख रुपैयाँसम्म पुग्न सक्छ । ठूला आकारका कार, पिकअप वा व्यावसायिक भ्यानका लागि २० लाख रुपैयाँभन्दा बढी पनि खर्चिनुपर्ने हुन सक्छ ।

सुन्दर अटो इन्जिनियरिङका अध्यक्ष भेषबहादुर थापाका अनुसार ४० लिटर डिजेल क्षमताको गाडीलाई ईभीमा रुपान्तरण गर्न कम्तीमा पनि १५ लाखसम्म लाग्छ । यद्यपी, ब्याट्रीको मूल्यमा यो प्रक्रिया धेरै हदसम्म निर्भर रहने उनको भनाइ छ ।

ब्याट्री प्याकमा ठूलो खर्च लाग्ने भएपनि यसबाहेक इलेक्ट्रिक मोटर, कन्ट्रोलर, चार्जिङ सिस्टम, वायरिङ, कूलिङ सेटअप तथा फिटिङ खर्च पनि उल्लेख्य हुने प्राविधिकहरु बताउँछन् ।

नेपालमा यस्तो प्रविधि अझै प्रारम्भिक र अभ्यासकै चरणमा रहेकाले खर्च कति लाग्छ भन्ने यकिन गर्न गाह्रो हुने थापाको भनाइ छ । ईभीमा रुपान्तरण गरिएको गाडीको कानुनी स्वीकृति, दर्ता प्रक्रिया, बीमा सेवा जस्ता पक्ष अझै स्पष्ट रूपमा व्यवस्थित भइसकेका छैनन् । त्यसैले अटोमोबाइल्स व्यवसायीहरुले रुपान्तरणअघि प्राविधिक तथा कानुनी पक्ष स्पष्ट हुनुपर्ने बताउँदै आएका छन् ।

१० दृखि १५ वर्षसम्म चलेका पुराना इन्धन गाडीलाई ईभीमा बदल्दा इन्धन खर्च बचत, मर्मत सम्भार खर्च कम र वातावरणीय फाइदा हुने भएपनि सुरुवाती लगानी भने उच्च पर्न जाने अटोमोबाइल्स क्षेत्रका जानकारहरुको भनाइ छ ।

छुट सुविधामार्फत आकर्षित गर्न सुझाव

सरकारले पुनारा गाडीलाई ईभीमा रुपान्तरण गर्ने भनेपनि व्यवसायीहरु आकर्षित हुने सम्भावना कम रहेको छ । किनकी, केही वर्ष मात्रै आयु (२० वर्ष पुराना गाडी चलाउन नपाईने भएकाले) बाँकी रहेका गाडीलाई ईभीमा रुपान्तरण गरेर चलाउँदा त्यसबापत भएको उठ्ने अवस्था व्यवसायीहरुले देखेका छैनन् ।

यसकारण सरकारले पुराना गाडीलाई विद्युतीय सवारीमा रुपान्तरण गर्नका लागि गाडी व्यवसायीहरुलाई विभिन्न सहुलियत दिएर आकर्षित गर्नुपर्ने सुझाव पनि व्यवसायीहरुले दिँदै आएका छन् । यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले कर छुट, नवीकरण शुल्कमा छुट, रुट परमिटमा सहुलियत, वातावरण करमा छुट जस्ता ‘स्किम’ ल्याउनुपर्ने आवश्यकता औल्याएका छन् ।

लक्ष्मी हुन्डाईका महाप्रबन्धक दीपक थपलियाले पनि सेग्मेन्ट अनुसार प्राथमिकता दिएर कार्यान्वयनमा लैजानुपर्ने बताएका छन् । इन्धनको कुल आयातको तथ्याङ्क हेर्दा डिजेलको हिस्सा ६० प्रतिशत हाराहारी रहेको र त्यसको खपत प्यासेन्जर कारमा अत्यन्तै न्यून रहेको उनको भनाइ छ । यसकारण बढी इन्धन खपत गर्ने सवारीलाई यसमा आकर्षित गर्न उनको सुझाव छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

लक्ष्मी सनराइज बैंकले पायो ऋणपत्र निष्काशनको अनुमति

लक्ष्मी सनराइज बैंकले ऋणपत्र निष्काशनको अनुमति पाएको छ। नेपाल...

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजा सम्पन्न, केबलकार दुई महिनाभित्रै सञ्चालनमा आउने

कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष क्षमा...

नेपाल एसबीआई बैंकलाई एसियन बैंकिङ एन्ड फाइनान्सका चार अन्तर्राष्ट्रिय अवार्ड

नेपाल एसबीआई बैंक लिमिटेड (NSBL) ले बैंकिङ क्षेत्रमा उत्कृष्ट...

राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘अनलाइन कर्जा आवेदन’ सेवाको सुरुवात

राष्ट्रिय वाणिज्य बैंकले अनलाइन कर्जा आवेदन' सेवाको सुरुवात गरेको...

स्वास्थ्य बीमा बोर्डद्वारा मंसिर सम्मको बक्यौता चुक्ता

स्वास्थ्य बीमा बोर्डले मंसिर सम्मको बक्यौता चूक्ता गरेको जनाएको...

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

ग्लोबल आइएमई बैंकको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन...
spot_img