Saturday, July 4, 2026
spot_img

BYD ले साढे ३ वर्षमै अष्ट्रेलियामा बेच्यो १ लाख कार

spot_img

चीनको इलेक्ट्रिक सवारी निर्माता कम्पनी BYD ले अष्ट्रेलियामा छोटो अवधिमै उल्लेखनीय उपलब्धि हासिलसहित उपस्थिति मजबुत बनाएको छ । कम्पनीले अष्ट्रेलियामा प्रवेश गरेको साढे तीन वर्षभित्र १ लाख गाडी बिक्री गर्न सफल भएको हो ।

अष्ट्रेलियामा विद्युतीय सवारीसाधनको बढ्दो माग, इन्धनको मूल्यवृद्धि र उपभोक्ताहरूमा वैकल्पिक ऊर्जा तर्फको आकर्षणका कारण BYD ले छिटो बजार विस्तार गर्न सकेको हो । कम्पनीका इलेक्ट्रिक तथा प्लग–इन हाइब्रिड मोडेलहरू सस्तो मूल्य, आधुनिक प्रविधि र डिजाइनका कारण उपभोक्तामाझ लोकप्रिय बन्दै गएका छन् ।

BYD ले अष्ट्रेलियामा प्रवेश गरेयता आफ्ना उत्पादनहरू निरन्तर विस्तार गर्दै आएको छ, जसले प्रतिस्पर्धी बजारमा उसको उपस्थिति बलियो बनाएको छ । पछिल्ला वर्षहरूमा अष्ट्रेलियाको अटोमोबाइल बजारमा विद्युतीय सवारीको हिस्सा उल्लेखनीय रूपमा बढ्दै गएको सन्दर्भमा द्यथ्म् को यो उपलब्धिलाई महत्वपूर्ण मानिएको कारएक्सपर्टले उल्लेख गरेको छ ।

यस उपलब्धिसँगै कम्पनीले अष्ट्रेलियामा आफ्नो आपूर्ति र बिक्री सञ्जाल अझ विस्तार गर्ने संकेत दिएको छ, जसले आगामी दिनमा विद्युतीय सवारी बजारमा BYD को उपस्थिति झन बलियो बन्ने अनुमान गरिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

लक्ष्मी सनराइज बैंकले पायो ऋणपत्र निष्काशनको अनुमति

लक्ष्मी सनराइज बैंकले ऋणपत्र निष्काशनको अनुमति पाएको छ। नेपाल...

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजा सम्पन्न, केबलकार दुई महिनाभित्रै सञ्चालनमा आउने

कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष क्षमा...

नेपाल एसबीआई बैंकलाई एसियन बैंकिङ एन्ड फाइनान्सका चार अन्तर्राष्ट्रिय अवार्ड

नेपाल एसबीआई बैंक लिमिटेड (NSBL) ले बैंकिङ क्षेत्रमा उत्कृष्ट...

राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘अनलाइन कर्जा आवेदन’ सेवाको सुरुवात

राष्ट्रिय वाणिज्य बैंकले अनलाइन कर्जा आवेदन' सेवाको सुरुवात गरेको...

स्वास्थ्य बीमा बोर्डद्वारा मंसिर सम्मको बक्यौता चुक्ता

स्वास्थ्य बीमा बोर्डले मंसिर सम्मको बक्यौता चूक्ता गरेको जनाएको...

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

ग्लोबल आइएमई बैंकको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन...
spot_img