Tuesday, February 3, 2026
spot_img

चुनाव आउँन ३१ दिन बाँकी, २५ जिल्लाको मतपत्र छपाई सम्पन्न

spot_img
spot_img

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार कूल २५ जिल्लाको मतपत्र छपाइ गरिसकेको छ ।

आयोगले जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा मतपत्र छपाइ नियमित रुपमा भइरहेको जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ यसअघि सम्पन्न भइसकेको छ । त्यसैगरी मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार २०० थान नमूना मतपत्र छपाइ सम्पन्न भइसकेको छ ।

यसबीचमा निर्वाचन शिक्षा प्रदान गर्ने उद्देश्यले आयोगको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गत मतदाता शिक्षा एकाइले हालसम्म १५८ वटा सामग्री आयोगबाट स्वीकृत गराइ सार्वजनिक गरेको छ । आयोगको आधिकारिक फेसबुक पेज, एक्स, टिकटक र युट्युवमा ती सामग्री राखिएका छन् । मतदाता, राजनीतिक दल, उम्मेदवार तथा सरोकारवाला लक्षित यस्ता सामग्रीले निर्वाचनको स्वच्छता बढाउने र नागरिकलाई आधिकारिक तथा विश्वासनीय सूचना प्राप्त हुने र मिथ्या तथा भ्रमपूर्ण सूचनाको प्रभाव न्यूनीकरणमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनबारे अन्तरराष्ट्रिय समुदायलाई जानकारी गराउने उद्देश्यका साथ आयोगको समन्वयमा परराष्ट्र मन्त्रालयबाट काठमाडौँस्थित कूटनीतिक नियोग एवं संयुक्त राष्ट्र सङ्घीय निकायका प्रमुख तथा प्रतिनिधिलाई ब्रिफिङ गरेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राष्ट्र बैंकले भन्यो ‘महँगी घट्यो’

नेपाल राष्ट्र बैंकले नेपालको महँगीदर घटेको जनाएको छ ।...

नेपालको विदेशी विनिमय सञ्चिति ३२४२ अर्ब पुग्यो, कति महिनाको आयात धान्छ ?

नेपालको विदेशी विनिमय सञ्चिति बढेको छ । नेपाल राष्ट्र...

६ महिनामा भित्रियो १०६२ अर्ब रेमिट्यान्स, पुस मै आयो १९२ अर्ब

नेपाल भित्रिने रेमिट्यान्स बढेको छ । नेपाल राष्ट्र बैंकका...

सिनर्जी पावरको साधारणसभा सम्पन्न: १० प्रतिशत बोनस पारित, ४ जना संचालक निवाचित

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको साधारणसभा सम्पन्न भएको छ। आज...

कालिन्चोक हाइड्रोपावरले पायो आईपीओ निष्काशन अनुमति

कालिन्चोक हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ ।...

९९.३३ प्रतिशतले बढ्यो हुलास फिनसर्भ हायर पर्चेजको खुद नाफा

आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा हुलास फिनसर्भ हायर...
spot_img
spot_img