Saturday, July 4, 2026
spot_img

डेरी एशोसिएसनको अध्यक्षमा प्रल्हाद दाहाल दोहोरिए, यस्तो बन्यो नयाँ कार्यसमिति

spot_img

नेपाल डेरी एशोसिएसनको २७ औ बार्षिक साधारणसभा एवं स्थापना दिवस तथा ९औँ राष्ट्रिय महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । काभ्रेको पनौतीमा सम्पन्न महाधिवेशनले प्रल्हाद दाहाललाई अध्यक्षमा दोहोर्याउँदै नयाँ समिति सर्वसम्मत रुपम निर्वाचित गरेको हो ।

समितिको बरिष्ठ उपाध्यक्ष दिपप्रसाद धमला, उपाध्यक्षमा मनोजकुमार यादव, योगेन्द्र चिमौरिया, कर्णबहादुर हमाल, मनोजकुमार घिमिरे, दयाराम भण्डारी, रामभक्त दाहाल चयन भएका छन् । यस्तै महासचिव हेमचन्द्र खनाल, सचिवमा शिवहरी आचार्य, कोषाध्यक्षमा शिवलाल भुषाल, उप महासचिवमा विजयप्रसाद चौरासिया, सह सचिवमा रमेश सञ्जेल र सह कोषाध्यक्षमा आशिषकुमार बुढाथोकी चुनिएका छन् ।

केन्द्रीय सदस्यहरुमा शिव घिमिरे, रविरमण थापा, नवराज तिमल्सिना, विष्णु बोहोरा, अजित बजगाई, टिकाराम खँदाल, कृष्ण भट्टराई खिम, जनक न्यौपाने, रविन्द्र हुमागाई, तुलुकाजवी थिङ तामाङ, रामचन्द्र बराल, राजकुमार वाईवा, नारायणप्रसाद शर्मा, सुमन गौतम, कुलप्रसाद बजगाई, पवनप्रसाद बाँस्तोला, प्रेमबहादुर धामी, गणेशबहादुर विष्ट, निराजन कोईराला, ज्ञानराज लामा, राजकुमार श्रेष्ठ र प्रकाश सामन्त चयन भएका छन् ।

बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकासमन्त्री मधुसुदन पौडेलको प्रमुख आतिथ्यता आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुलाई सम्मान गरिएको थियो भने सहयोगिहरुलाई प्रशंशापत्र प्रदान गरिएको थियो ।

साधारण सभा तथा महाधिबेशनको अवसर पारी पुर्व सचिव डा. बंशी शर्मालाई राष्ट्रिय सम्मान प्रदान गरिएको छ । संचारकर्मी पुरस्कार नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पुर्व अध्यक्ष मोतीराम तिमल्सिनालाई प्रदान गरिएको छ । संचारमाध्यमतर्फ काभ्रेबाट प्रकाशित हुने नव क्षितिज साप्ताहिक सम्मानित भएको छ ।

त्यस्तै दीर्घसेवा सम्मानबाट सुरेशबहादुर श्रेष्ठ, उत्कृष्ट प्रदेश समितिबाट सुदुरपश्चिम, जिल्ला समितिबाट धनकुटा, डेरीहरुका तर्फबाट हरि नेपाल, विष्णु बोहोरा, चन्द्रबहादुर गुरुङ, प्रकाश मुडभरी, उत्तमबहादुर चन्द, रविन्द्र हुमागाई, कुलप्रसाद धमला सम्मानित भएका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

लक्ष्मी सनराइज बैंकले पायो ऋणपत्र निष्काशनको अनुमति

लक्ष्मी सनराइज बैंकले ऋणपत्र निष्काशनको अनुमति पाएको छ। नेपाल...

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजा सम्पन्न, केबलकार दुई महिनाभित्रै सञ्चालनमा आउने

कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष क्षमा...

नेपाल एसबीआई बैंकलाई एसियन बैंकिङ एन्ड फाइनान्सका चार अन्तर्राष्ट्रिय अवार्ड

नेपाल एसबीआई बैंक लिमिटेड (NSBL) ले बैंकिङ क्षेत्रमा उत्कृष्ट...

राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘अनलाइन कर्जा आवेदन’ सेवाको सुरुवात

राष्ट्रिय वाणिज्य बैंकले अनलाइन कर्जा आवेदन' सेवाको सुरुवात गरेको...

स्वास्थ्य बीमा बोर्डद्वारा मंसिर सम्मको बक्यौता चुक्ता

स्वास्थ्य बीमा बोर्डले मंसिर सम्मको बक्यौता चूक्ता गरेको जनाएको...

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

ग्लोबल आइएमई बैंकको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन...
spot_img